महजोडीलाई ‘सूर्य रत्न सम्मान’

वरिष्ठ हास्यकलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । जापानको टोकियोमा नोभेम्बर २४ मा आयोजना हुने ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९’मा महलाई यो सम्मान प्रदान गरिदैछ । कलाकारितासँगै गीतसङ्गीत, सामाजिक क्षेत्रमा महले पुर्याएको योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको हो । नाकानो जिरो हलमा आयोजना हुने अवार्डमा फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सूर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । सोही कार्यक्रममा तीन दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान’ र दुई दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीलाई ‘सूर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । पत्रकार सुवेदीलाई नगद राशी २५ हजार (जापनिज) सहित पुरस्कृत गर्न लागिएको आयोजकले जनाएको छ ।

फिल्म र म्युजिक विधामा रहेर आयोजना हुन लागेको अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्डमा नीर शाह, मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, भुवन केसी, केशव भट्टराई, अनमोल केसी, श्वेता खड्का, नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, सन्दीप छेत्री, कमल खत्री, बर्षा राउत, विजय लामा, बुद्धि तामाङ, दिपेन्द्र लामा, हेमन्त शर्मा, संजीव पराजुली, टीका प्रसाईं, महादेव त्रिपाठी लगायत सहभागी हुँदैछन् । अवार्डमा ६ फिल्म र ६ सङ्गीतका विधा समेटिएको सूर्य कर्पोरेशनका अध्यक्ष वाशुदेव लामिछानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Breaking News: अवतरण गर्ने क्रममा विमान दुर्घटना,४१ जनाको मृत्यु

  • १९ मङ्सिर, २०७६

एजेन्सी – रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट

जीप दुर्घटनामा दुई जनाको निधन

  • १९ मङ्सिर, २०७६

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९

आत्रेय ईण्टरटेर्मेण्टले लियो ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स

  • १५ मङ्सिर, २०७६

अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न