‘नालापानी’को बिशेष प्रदर्शनी

चलचित्र ‘नालापानी’को बिशेष प्रदर्शनी गरिएको छ । नेपाली सेनाको मूख्यालयमा भएमो प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालगायतले चलचित्र हेरेका थिए । प्रधान सेनापति थापाले यो चलचित्र हेरेपछि आफु वि.सं. २०३८ साल तिर पुगेको महशुस भएको बताए । आँखा झिमिक्क नगरिकिन हेर्न सकिने चलचित्र भएको भन्दै उनले ‘नालापानी’ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए । उक्त बिशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवम् तीनसय भन्दा बढि नेपाली सेनाका अधिाकारीहरुको उपस्थित रहेको थियो । भिएफएक्सको अधिक प्रयोग भएको चलचित्र ‘नालापानी’ को टिजर केही समय पहिले सार्वजनिक भएको थियो जसलाई निकै रुचाईएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो ।

 

प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.सी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताए । यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय रहेको छ ।

 

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रलाई बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले सहकार्य गरेका छन् । चलचित्रको परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारी हुन । नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका छन् । द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लले गरेका छन् भने बसन्त खत्री मगरले भिएफएक्स गरेका छन् । चलचित्रमा सहनिर्माता पूजना प्रधान र गणेश कार्की रहेका छन् । कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेको यस चलचित्रका एशोसियट निर्माता मनोज शाक्य हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Breaking News: अवतरण गर्ने क्रममा विमान दुर्घटना,४१ जनाको मृत्यु

  • १९ मङ्सिर, २०७६

एजेन्सी – रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट

जीप दुर्घटनामा दुई जनाको निधन

  • १९ मङ्सिर, २०७६

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९

आत्रेय ईण्टरटेर्मेण्टले लियो ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स

  • १५ मङ्सिर, २०७६

अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न