मेलिना राईको मेहेन्दीमा प्रियंका र महेशको रोमान्स ....( भिडियो सहित )

मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । अहिले चारैतिर बिहेको माहोल चलिरहेको बेला हाल अमेरिकामा रहेका गीतकार तथा संगीतकार सुरेश घोन्डे गुरुङले “ मेहेन्दी “ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा आफ्नो प्रिय मान्छेको नाममा मेहेन्दी लगाउने केटी मान्छेको उत्सुकता , चंचलता , प्रेम को भाव गीत र म्युजिक भिडियोमा देख्न सकिन्छ । यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको रहेको छ । गीतमा शब्द र संगीत सुरेश घोन्डे गुरुङको रहेको छ । गीतको संगीत संयोजन राजिव शाहले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की तथा मोडेल महेश खड्काको अभिनय रहेको छ ।

 मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो । बहुप्रतिभाशाली व्यक्तित्व सुरेश घोन्डे गुरुङ गीतकार , संगीतकारका अलावा मोडेल , भिडियो सम्पादक तथा निर्देशक समेत हुन् । यसघि “ भाचिदेउ कि बारुली कम्मर “ बोलको बोलको गीत सार्वजनिक गरेर चर्चा कमाएका गुरुङले मेहेन्दी गीतबाट स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया तथा साथको अपेक्षा गरेका छन । सुरेश घोन्डे गुरुङको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संजिव पराजुलीको नया गीत "नाइँ नाइँ हुन्न हुन्न " सार्वजनिक.... (भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक संजिव पराजुलीको नया गीत तथा गायक पराजुलीको एल्बम उडान २ मा समाबेशी गीत"

सबिन लिम्बुको "बाजा बाजा बाजा"मा दीपशिखा र कृष्णराज ....(भिडियो सहित )

  • १९ मङ्सिर, २०७६

गायक सबिन लिम्बुको आवाजमा रहेको गीत "बाजा बाजा बाजा"को म्युजिक भिडियो  सार्वजनिक भएको छ । गीतमा  राज कुमारको संगीत र सुदिप सापकोटा तथा प्रकाश

बादल श्रेष्ठको "तिमि फुल हौ कि जुन" सार्बजनिक...(भिडियो सहित)

  • १९ मङ्सिर, २०७६

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित "तिमि फुल हौ कि जुन" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक