आत्रेय ईण्टरटेर्मेण्टले लियो ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स

अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न सकिन्छ । आजभोली गिनेचुनेका ब्यानर र ठूला स्टारका फिल्म प्रायः निर्माण अगावै विदेशमा बिक्री हुन्छन् । केही फिल्म भने नेपाल प्रदर्शनपछि व्यापार र दर्शक प्रतिक्रियाको आधारमा विदेशमा बिक्री हुने गरेका छन् । यसबीच, कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स महँगो मुल्यमा बिक्री भएको छ । हाल छैठौं हप्तामा प्रदर्शनरत यो फिल्मको आत्रेय प्रोडक्सनका सुदीप आत्रेय र किरण घिमिरे (माइकल) ले २५ लाखमा अमेरिका राइट्स खरिद गरेका छन् । शुक्रबार निर्माता किरण नेपालले आत्रेय प्रोडक्सनलाई फिल्मको अमेरिका राइट्स बिक्री गरेका हुन् । 

 
अमेरिकामा ठूलो माग भएका कारण फिल्मको प्रदर्शन अधिकार खरिद गरेको वितरक घिमिरेले बताए । त्यस्तै, निर्माता नेपालीले ‘पोइ पर्‍यो काले’ को अहिले विदेशमा निकै राम्रो माग रहेको भन्दै खुसी व्यक्त गरे । राम्रो फिल्म बनाएको खण्डमा लगानी उठाउन गाह्रो नहुने उनको भनाई छ । घरेलु बजारबाटै आफ्नो लगानी सुरक्षित भएको बताउँदै उनले चाँडै नयाँ फिल्म घोषणा गर्ने बताए ।शिशिर राणा निर्देशित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ । तिहारको विदामा प्रदर्शनमा आएका कारण फिल्मले राम्रो व्यापार गर्न सफल भएको थियो । तर, समीक्षकको नजरमा कमजोर साबित भएको फिल्मलाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया प्राप्त छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Breaking News: अवतरण गर्ने क्रममा विमान दुर्घटना,४१ जनाको मृत्यु

  • १९ मङ्सिर, २०७६

एजेन्सी – रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट

जीप दुर्घटनामा दुई जनाको निधन

  • १९ मङ्सिर, २०७६

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९

‘नालापानी’को बिशेष प्रदर्शनी

  • १५ मङ्सिर, २०७६

चलचित्र ‘नालापानी’को बिशेष प्रदर्शनी गरिएको छ । नेपाली सेनाको मूख्यालयमा भएमो प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र