२४ घण्टा नबित्दै ‘छक्का पन्जा ३’को दोश्रो गीत “पछि उमेर ढलकिन्छ” युट्युबको ट्रेण्डिङ्ग्मा....( भिडियो सहित )

आउदो दशैमा प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीतको   “पछि उमेर ढलकिन्छ पछि कालै पलकिन्छ” सार्वजनिक भए संगै युट्युबको ट्रेण्डिङ्गमा बस्न सफल  भएको छ । सार्वजनिक पहिलो गीत ‘पहिलो नम्बरमा’ ले १० लाख भ्युज पाएको खुसि सेलाउन नपाउदै चलचित्रको निर्माण टिमले चलचित्रको दोश्रो गीत रिलिज गरेको छ र रिलिजको २४ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ्ग २३ मा ५२३ ,१४२ को भ्युजको साथ् बस्न सफल भएको छ  । 

पछिल्लो सार्वजनिक तथा चर्चा कमाउन सफल पहिलो नम्बरमाको गीतमा चलचित्रमा अभिनयरत सम्पूर्ण कलाकार देखिए पनि यस दोश्रो गीतमा भने चलचित्रको निर्माता तथा लिड कलाकार  दीपक राज गिरि र नायिका दिपिका प्रसाईको अभिनय रहेको छ !  अर्जुन पोखरेल र दीपक राज गिरिको संयुक्त शब्द रचना रहेको यस गीतमा संगीत भने अर्जुन पोखरेलको रहेको छ र गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । पछिल्लो समय नेपाल आईडल बाट चर्चामा आएका दोश्रो बिजेता  निशान भटर्राई र गायिका अन्जिला रेग्मीको स्वर रहेको गीतलाई प्रख्यात कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका छन्  ।  चलचित्रमा दिपाश्री निरौलाको  निर्देशन, दिपाश्री निरौला  र दीपक राज गिरिको निर्माण, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तेजश रेग्मी र विष्णु माझीको "पिँडालु" दुई हप्तामै दुई मिलियन प्लस भ्युज र अझै ट्रेण्डिङ्गमा .. (भिडियो सहित )

  • १२ बैशाख, २०७६

लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत" पिँडालु" सार्वजनिक भएसंगै  निकै चर्चामा रहेको  छ र अहिले यस गीतले

युट्युबमा चलचित्र "बटरफ्लाई" साथै युट्य़ूबको ट्रेण्डिङ्ग ३ मा.. (पुरा चलचित्र सहित )

  • ११ बैशाख, २०७६

नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी अभिनित नेपाली चलचित्र " बटरफ्लाई " युट्युबमा रिलिज भएको छ । चलचित्र गत बर्षको पौष २८ गते नेपालमा

युट्युबको ट्रेण्डिङ्ग २ मा प्रमोद खरेलको ‘झुमा झुमा...(भिडियो सहित )

  • ८ बैशाख, २०७६

गायक प्रमोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।  सार्वजनिक भए संगै चर्चाको शिखरमा यस गीतको यो समाचार तयार गर्दा