नयाँ पोस्टरमा ‘इन्टु मिन्टु लण्डनमा’

यहि आउदो  असोज ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  ‘ इन्टु मिन्टु लण्डनमा  ’ को  दुई नयाँ पोस्टर रिलिज भएको छ । रेनशा वान्तवा राई निर्देशित चलचित्रको  दुई पोस्टर फरक फरक छन् ।

सार्वजनिक एक पोस्टरमा इन्टु अर्थात् नव नायक धिरज मगरको काँधमा मिन्टु अर्थात् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले टाउको राखेकी छिन् भने अर्को पोस्टरमा इन्टुमिन्टुसँगै अर्का नायक शारुक ताम्रकार, अर्जुन श्रेष्ठ, विजय लामा, रुवी राणा र दिलभूषण पाठक प्रस्तुत छन् ।आइकोर फिल्मको प्रस्तुती रहेको चलचित्र  ‘  इन्टु मिन्टु लण्डनमा ’ कोरियोग्राफीबाट चलचित्र  निर्देशनमा हात बढाएकी रेनशा राईको चलचित्र  गीत, संगीत र प्रोमोका कारण चर्चामा छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत