युत्युबको ट्रेण्डिङ्ग ३ मा चलचित्र ‘प्रसाद’को ‘लै लै ’ ...( भिडियो सहित)

केहि दिन अघि चलचित्र ‘प्रसाद’को  ‘लै लै ’ बोलको गीतको फोटो भिडियो गीत सार्वजनिक भएसंगै  ५२,०२५८ भ्युजको साथमा युत्युबको ट्रेण्डिङ्ग ३ मा बस्न सफल भएको  छ  ।  निर्देशक दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रसाद’को यस गीतमा गायक केतन छेत्रीको स्वर , गणेश शाहीको शब्द रचना रहेको छ भने संगीत सुभास भुसालको रहेको छ र गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका छन्   । बिपिन कार्की र नम्रता श्रेष्ठको र पछी निर्माण टिमको सल्लाहमा थपिएका कलाकार निश्चल बस्नेतको समेत  मुख्य भुमिका रहने यस चलचित्रको यस गीतमा जीवन र प्रेमको महत्वलाइ दर्शाएको छ भने नम्रता र बिपिन यस गीतमा एक श्रीमान श्रीमतीको भूमिका प्रस्तुत भएका छन र यी दुइ अनि साथमा निश्चलपनि कहिले खुसि र कहिले दुखि प्रस्तुत भएका छन ।    

 

चलचित्र पारिवारिक प्रेम कथा तथा एक बैबाहिक दम्पति बीच पछि  निःसन्तानका कारण  उत्पन्न हुने असमझदारी, अविश्वास र मानसिक द्वन्द्वको कथामा रहेको छ । चलचित्रमा पत्रकार सुशील पौड्यालको लेखन ,जेश श्रेष्ठको छायांकन ,दिनेश राउतको निर्देशन ,सुभास थापाको निर्माण , शिव बिकको नृत्य निर्देशनको साथमा डेब्यु चलचित्रमा  एसोसियट निर्देशकमा विकास सुवेदी रहेको छ भने मुख्य सहायक निर्देशनमा दिनेश बहादुर रावत , गणेश शाही र सुलभ थापा रहने छन । चलचित्रमा गणेश शाही,जोसेफ शाही ठकुरीको शब्दमा गायिका अन्जु पन्त ,केतन क्षेत्री र रुपक डाेटेलको आवाज रहेको छ भने यस चलचित्रमा कोशिष क्षेत्री र सुवास भुषालको संगीत रहने भएको छ । सुभास थापाको निर्माणमा बन्न लागेको यस चलचित्रमा  प्रोडक्सन डिजाइनर सुरज आचार्य रहेका छन भने  प्रोडक्सन म्यानेजर मनोज जोशी रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रिलिज २४ घण्टा नबित्दै चलचित्र 'नाई नभन्नू ल ५' युट्युबको ट्रेण्डिङ्ग ३ मा (पुरा चलचित्र सहित )

  • २६ जेठ, २०७६

बिकास आचार्यको निर्देशनमा तयार  चलचित्र "नाई नभन्नू ल ५ " युट्युबमा रिलिज भएको छ । दर्शक श्रोताहरुको मन जित्दै १ देखि ५ सम्म बनेको सिक्वेल चलचित्र

‘ए बुढी’ पछि ५ ५५को ‘समाधि’ युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा

  • १४ जेठ, २०७६

ए बुढी पछी ‘५ ५५’ को गीत ‘समाधि’ सार्वजनिक भएको छ भने सार्वाजनिक संगै चर्चा र दर्शकको रोजाईमा परेको 'समाधि ' अहिले युट्य़ुबको ट्रेण्डिङ्ग ५ मा