समाजिक कार्य गर्दै जन्मदिन मनाउदै छिन तमु चलचित्र ‘रिंजे नाँसा’ कि नायिका एलिना गुरुङ....( भिडियो सहित )

भिडियो  साभार (  नमस्ते अनलाईन टिभी)

आफ्नो पहिलो तमु चलचित्र ‘रिंजे नाँसा’ बाटनै सफल हुनु भएकी नायिका एलिना गुरुङ आफ्नो जन्मदिन  आज समाजिक कार्य गरेर मनाउदै छन् । गुरुङ चलचित्र छेत्रमा निकै आशा गरिएको  नायिका एलिना गुरुङ आज भोलि निकै व्यस्त  तथा निकै चर्चामा रहेकी छिन् भने  विभिन्न स्टेज कार्यकर्म लगायत भिडियो तिर व्यस्त छिन् । पहिलो चलचित्रनै निकै सफल भएपछि निकै दङ्ग पनि परेकी छिन् यही सफलको कारण चलचित्र ‘रिंजे नाँसा’ को प्रदशन गर्न नायिका एलिना गुरुङ सहित चलचित्र ‘रिंजे नाँसा’ को टीम हंगकंग जादै छन् भने अक्टुबर १७ मा हंगकंगको यामाताई हलमा प्रदर्शन हुने भएको छ ।चलचित्र ‘रिंजे नाँसा’ सबैभन्दा बढी गुरुङ भाषा प्रयोग गरेर बनाइएको चलचित्र भएको निर्माण पक्षको दाबी छ । 

 

९८ प्रतिशत गुरुङ भाषा प्रयोग गरेर बनाइएको निर्माता गुरुङले बताए । गुरुङ भाषामा रिंजेको अर्थ रञ्जित र नाँसाको अर्थ गाउँ भन्ने लाग्छ । यो चलचित्र पोखराको सिरान मानिने साविक अर्मला गाविस र हाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ मा पर्ने रिंजे नाँसा (रञ्जित गाउँ)को नामबाट बनेको हो । गाउँको विकासका लागि युवालाई आकर्षित गर्ने, गाउँको महत्व दर्शाउने, विकास र समृद्धिका लागि स्थानियलाई जागरुक बनाउने, गाउँलेलाई स्वरोजगारतर्फ आकर्षित गर्ने, दलालको फन्दामा परी चेली बिदेशमा बेचिन सक्ने भएकाले त्यसतर्फ सचेत बनाउने उद्धेश्यले आफूले चलचत्रि निर्माण गरेको निर्माता शम्सेरबहादुर गुरुङले जानकारी दिए । प्रितम गुरुङको निर्देशनमा बनेको चलचित्रमा राजु गुरुङ, बलबहादुर गुरुङ, शम्सेरबहादुर गुरुङ, सिता गुरुङ, सरस्वती गुरुङ, एलिना गुरुङलगायतको अभिनय रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दाजु भाउजुले खोले रहस्य ,न्यायधिशले श्रीमती र श्रीमतीको परिवारलाइ जेल हाल्नुको मुख्य कारण...( भिडियो सहित )

  • १८ मङ्सिर, २०७५

न्यायधिश प्रकाश मानसिह राउतले आफ्नो श्रीमती लगायत श्रीमतीका परिवारलाइ ज्यान मर्ने धम्कि र श्रीमतीलाइ अनेकौ यातना दिएका कारण खुलाउदै उक्त आन्दोलन

न्याय दिने न्याधीशकै घरमा अन्याय ,श्रीमतीले लगाईन आन्दोलन..(भिडियो सहित )

  • १६ मङ्सिर, २०७५

न्याय दिने न्याधीशकै घरमा अन्याय भयो भन्ने सुन्दा र देख्दा सायदै सबैलाई अचम्म लाग्न सक्ला  तर यो वास्तविकता हो । आज काठमाडौँको  डिल्लीबजार स्थित