बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदा नेपालको पर्यटन सद्भावना दूत

बलिउडकी एक समयकी चर्चित अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सद्भावन दूतमा नियुक्ति गरेको छ । शुक्रबार मन्त्रीस्तरीय बैठकले अभिनेत्री जयालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार केही समयअघि नेपाल आएकी जय पर्दासँग यस विषयमा कुराकानी भएपछि उनलाई मन्त्री परिषद्बाट नियुक्त गरिएको हो ।

पर्यटन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालको पर्यटनको विकाससँगै आर्थिक आर्जन तथा रोजगारी सिर्जनाको लागि मद्दत पुग्ने भएकाले उनलाई राजदूतका रूपमा नियुक्त गरिएको जनाएको छ । पर्यटकीय हिसाबले भारत नेपालका लागि ठूलो स्रोत बजार पनि भएको सन्दर्भमा यो नियुक्तिले भविष्यमा नेपालको पर्यटनमा मद्दत पुग्ने  विज्ञप्तिमा जनाइएको छ ।

 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानको रूपमा मनाएर २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । विज्ञप्तिका अनुसार जय पर्दाबाट दुई प्रदेशबीच पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउन ऐतिहासिक महत्व राख्ने अपेक्षा मन्त्रालयले गरेको छ । सद्भावना दूतको माध्यमबाट भारतबाट अधिक संख्यामा पर्यटक आउने विश्वास पनि मन्त्रालयको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बलिवुड चलचित्र २.० अनलाइनमा लिक

  • १४ मङ्सिर, २०७५

बलिवुड चलचित्र  २.० अनलाइनमा लिक भएको छ । तमिल रकर्स डटकम मार्फत लिक भएको फिल्म यस वेवसाइट मार्फत धेरै साइटमा अपलोड भईसकेको छ तर फिल्म लिक हुनु अगावै

पुन सार्वजनिक गरियो `प्रेमलिला´ को डिलिट गरिएको गीत ‘जाने क्या हुवा’ ...( भिडियो सहित )

  • १० मङ्सिर, २०७५

केहि दिन अघि रिलिज गरिसकेको गीतलाई डिलिट गरि निकै चर्चामा रहेको चलचित्र  `प्रेमलिला´ को गीतलाई पुन सार्वजनिक गरिएको छ । केहि प्राबिधिक कारणक

के रिप्लेशमेन्ट कै लागि योग्य छन त् आचल र पल ?

  • २८ कार्तिक, २०७५

  के पल शाह र आचल शर्मा अरुले छोडेकै चलचित्रको लागि बनेका हुन् त नायक नायिका ? के यी दुइले चलचित्र हात नापरेकै कारण यी दुइलाइ अरुको छोडेको चलचित्रमा