Skip This

क कस्ले पाए त् नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड ?

 

बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड भव्यरुपमा सम्पन्न भएको छ । हालै थाइल्याण्डमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा २ हजार भन्दा बढी विभिन्न गीत तथा सांगीतिक क्षेत्रका स्रष्टालाई सम्मान गरिएका हो । कार्यक्रमको प्रमुख अथितिमा थाइल्याण्डका लागि नेपाली रजदूत लेखराज अधिकारी रहेका थिए । अवार्डबाट सम्मानित हुने स्रष्टाहरुलाई अथितिको रुपमा कार्यक्रममा सहभागी भएका कन्सुलर कृपाराम रिजाल, एनआरएनए जापान अध्यक्ष आशाजित अवाले र प्रतिज्ञा राई लगायतले १ सय ३० विधाका विभिन्न विजेता कलाकारलाई अवार्डसतिह सम्मान गरेका थिए ।

 

एकै थलोमा चलचित्रका गीत, लोक गीत, आधुनिक गीत, पप गीत, तीज गीत, मोफसल तथा विदेशबाट सहभागीतका जनाएका गीत तथा विभिन्न भाषाभाषी गीतका श्रष्टाहरुलाई अवार्डद्वारा सम्मान गरिएको हो । अवार्ड वितरणकै क्रममा थाइल्याण्डमा मैत्रीपूर्ण फुटबलको आयोजना समेत गरिएको थियो । त्यसो त नेपाली सांगीतिक बजार एक किसिमले सानो गाउँदेखि शहर हुँदै विदेशी भूमिमा समेत स्थापित भइसकेको छ । नेपाली गीत संगीत क्षेत्रमा लोक दोहोरी, आधुनिक र चलचित्रको गीत संगीतले बजारलाई व्यवस्थित बनाएको पनि छ ।यसबीचमा राष्ट्रिय भावनाले ओतप्रोत, धार्मिक, नेवारी र तीजनका गीतहरु विशेष रुपमा सधैँ चर्चामा रहने गर्दछन् । बजारमा तीजका गीतको चर्चा बढी हुन्छ । गीत संगीत क्षेत्रमा सबैभन्दो ठूलो बजार मानिएको क्षेत्र भने लोकदोहोरी र आधुनिक हुन् । यसका अलावा पप गीत, जातीय गीत, धार्मित भजन लगायको पनि आफ्नै प्रभूत्व छ । यीनै विधाका गीतका स्रष्टाहरुलालाई समेटेर म्यूजिक भिडियो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

 

गीत संगीत क्षेत्रमा ५० हजार भन्दा बढी स्रष्टाहरु निरन्तर रुपमा सक्रिय रहेको पाइन्छ । यी विविध क्षेत्रका स्रष्टा तथा मोडलहरुलाई एकै मालामा उनेर नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको थालनी गरेको हो । पहिलो पटक विदेशी भूमिमा भएको बस्क अफिस म्यूजिक भिडियो अवार्ड भव्य र सभ्यरुपमा सम्पन्न भएको आयोजक बक्स अफिस फिल्मी क्लब नेपाल तथा बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए ।उनले भने– ‘१ सय ३० विधामा पहिलो पटक एकै थलमो धेरै नेपाली गीत संगीत क्षेत्रका स्रष्टाहरुहरुलाई उतार्न सफल भएकोमा गौरवान्वित छु । त्यो भन्दा पनि अवार्ड कार्यक्रमलाई विदेशी भूमिमा भव्य र सभ्य बनाउन सहयोग गर्ने सहयोगी हातहरुप्रति आभार प्रकट गर्न चाहान्छु । यसले मलाई आगामी यात्रा थप उर्जा मिलेको छ ।’

 

कार्यक्रममा उपस्थिति भएका राष्ट्रिय गीत, चलचित्र, धार्मिक, तीज, आधुनिक, लोकदोहोरी, भाषा भाषी, पप गीतका स्रष्टाहरुले आफ्नो सांगीतिक प्रस्तुतीले कार्यक्रमलाई थप मनमोहक बनाएका छ । नेपाली गीत संगीत क्षेत्रमा वृहत योजनासहित थालिएको यो पृथक अवार्ड कार्यक्रम सम्भवतः नेपालकै उत्कृष्ट बनेको आयोजकको दाबी छ । गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएको विभिन्न गीत संगीतहरुलाई छनोट गरी उत्कृष्ट मध्येको उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो ।बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लक बस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल हुने भएको छ ।

  • ८ फाल्गुण, २०७५

मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ । ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको