शिव परियारको ‘ सुनको माया ’सार्वजनिक ...( भिडियो सहित)

 

नेपाली संगीत क्षेत्रमा तथा युवापुस्ता माझ निकै लोकप्रिय अनि चर्चित सफल गायक शिव परियारको एकल आवाजमा सजिएको बिल्कुलै नया गीत  ‘ सुनको माया ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  सार्वजनिक यस गीत निकै मोहक र प्रेमिल शब्दहरुले भरिएको छ भने गायक शिवले यस गीतलाई नेपालीहरुको महान तथा बिशेष चाड बडा दशैँको अवसरमा अर्थात् दशैको पहिलो शुरुवाती दिन घटस्टापनाको दिन आफनै युत्युब च्यानलबाट सार्वजनिक गरेका छन ।  

 

 

प्राय कलाकारहरुले बिशेष दिन अर्थात् बिशेष मौशम कोअवसर परेर आफ्ना कलाहरु दर्शकमाझ प्रस्तुत गर्ने गर्छन भने सम्पूर्णले त्यहि चिजलाइ महसुस गरि रमाउने पनि गर्दछन । यसै दशैँको परि गायक शिव परियारले सार्वजनिक गरेको यस गीतमा स्वेता मैनालीको एकल शब्द रचनामा गीतका गायक शिव परियारले नै संगीत भरेका छन भने गीतलाई मन्जिल बिक्रम केसीले एरेन्ज गरेका छन् ।  

 

निर्मल न्यौपाने र युडी गुप्ताको निर्माणमा तयार यस गीतको म्युजिक भिडियोलाई अनिल क मानन्धरले खिचेका छन् ।   मोडल तथा कोरियोग्राफर अनुराग ठकुरीको कोरियोग्राफी अनि सुप्रिम पराजुलीको सम्पादनमा तयार यस गीतको भिडियोलाई अहिलेका प्रख्यात युवा म्युजिक भिडियो निर्देशक बिकाश सुबेदीले निर्देशन गरेका हुन् भने भिडियोमा अनुराग ठकुरी र एलिशा राईको आकर्षण अभिनय रहेको छ ।  

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोडेल अन्जु चौलागाईं प्रकाश संग प्रेममा... ( भिडियो सहित)

  • २९ असोज, २०७५

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर

चर्चामा गणेश गुरुङ र सरु थापाको ‘तालको पानी ताक्लुङ्गे नानी’ ...( भिडियो सहित)

  • २९ असोज, २०७५

पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्र लगायत गुरुङ चलचित्रको संगीतमा समेत निकै चर्चा कमाएको गणेश गुरुङ यतिबेला निकै चर्चामा छन् । कौडा किङ्गको नाम

हरि बिष्ट र ज्योति मगरको ‘तिम्रो फोटो’ सार्वजनिक ...( भिडियो सहित)

  • २८ असोज, २०७५

  हरि बिष्ट र ज्योति मगरको स्वरमा रहेको गीत ‘तिम्रो फोटो’ सार्वजनिक भएको छ । गायक हरि बिष्टकै एकल  शब्द रचना तथा संगीत रहेको यस गीतको संगीतलाई