गायक तथा संगीतकार अर्जुन पोखरेलको एकल-साँझ असोज २७ गते हुने भएको छ...

 बिन्दावासिनी फाउन्डेसनको आयोजनामा यही असोज २७ गते राष्ट्रिय नाचघरमा पछिल्लो समय नेपाली सिनेमाको पाश्र्व संगीतमा निकै अब्बल तथा  संगीतिक क्षेत्रको सफल र व्यस्त गायक, गीतकार  तथा संगीतकार अर्जुन पोखरेलको एकल-साँझ हुने भएको छ । कार्यक्रममा  मुक्तिनाथ बिकाश बैकको प्रस्तुति पनि रहनेछ भने कार्यक्रममा संगीतकर अर्जुन पोखरेलले सृजना गरेका गीतहरुमा अहिलेका फरक-फरक बिधाका गायक-गायिकाहरुको प्रस्तुती रहने भएको छ ।

 


कार्यक्रममा गायिकाहरु अन्जु पन्त, दुर्गा खरेल, मन्जु पौडेलका, साथै गायकहरु प्रमोद खरेल, सुगम पोख्रेल, शिव परियार, रामजी खाड, निशान भट्टराई, सुरेश लामा आदि कलाकारहरुको गीत प्रस्तुत हुनेछन । संगीतकार अर्जुन पोखरेल संगीतकार मात्र नभइ उनी एक सफल गायकको साथै संगीतको राम्रो गुरु समेत परिचित छन्  ।यो साँझमा संगीतकार शक्ति वल्लभ लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिने छ भने गायक सुगम पोखरेललाई संगीत रत्न सुगम सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै