हरितारा चलचित्र पुरस्कार घोषणा, लय संग्रौला र रेखा थापालाई प्रदान गरिने

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जवराको अध्यक्षतामा बसेको बैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता÷निर्देशक रेखा थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

 

 

तीन दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण,सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्रमार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत लय संग्रौला र लगभग दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्याएबापत  रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको छ ।

हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रहेको छ । त्यसैगरि परिवर्तन नेपालको कार्य समितिको बैठकले तीन दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याएबापत  अभिनेता उत्तम केसीलाई र नेपाली रंग पत्रकारितामार्फत तीन दशकभन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदानपुर्याएबापत  विजय रत्न तुलाधरलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।

यस्तै अभिनेता निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिने समेत निर्णय गरिएको छ ।पुरस्कार तथा सम्मान तिहार पछि गरिने आयोजना समारोहमा अर्पण गरिने कुरा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्धारा प्रेसित बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

गतबर्ष अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रिका शान्ति प्रियलाई हरितारा पुरस्कार, कलाकार शुभाष गजुरेललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरएिको थियो । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सामाजिक कार्यमा अझ सक्रिय हुदै गायिका अन्जु पन्त

  • २० मङ्सिर, २०७५

नेपालीकी चर्चित तथा लोकप्रिय अनि सफल गायिका अन्जु पन्त  सामाजिक कार्यमा सक्रियहुदै आईरहेकी छिन् । गायिका अन्जुले आफ्नो संस्था अन्जु पन्त

चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न ,भोलिबाट देशभर एकैसाथ प्रदर्शन

  • २० मङ्सिर, २०७५

भोलि अर्थात् मङ्सिर २१ गते शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको नायक बिपिन  कार्की, नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को

‘छक्का पन्जा ३’ले प्रदर्शनको ५१ औं दिने सक्सेस पार्टी मनाईएको छ ।

  • १९ मङ्सिर, २०७५

प्रदर्शनीको ५१ औं दिन पुगेको अवसरमा चलचित्र  ‘छक्का पञ्जा ३’ ले एक कार्यक्रमको आयोजना गरि खुसि मनाईएको छ । कार्यक्रममा  कलाकार, प्राविधिक तथा