चलचित्र जात्रै जात्रा निर्माण घोषणा, विपिन र वर्षा लिडमा...

चलचित्र ‘जात्रै जात्रा’ निर्माण गरिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माण सँगै यसमा आबद्ध काष्ट एन्ड क्रिउको विषयमा जानकारी दिइएको हो । करिब ३५ दिन लगाएर छायांकन गरिने उक्त चलचित्रको प्रदर्शन मिति भने आगामी फागुन १७ लाई तोकिएको छ ।

नायक  विपिन कार्की र वर्षा राउत लिड रोलमा रहने यस चलचित्रको  सुटिङ दशैंको पूर्णिमाको भोलिपल्ट सुरु हुने जानकारी समेत दिएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रमा रबिन्द्र सिंह बानिया कार्यकारी निर्माताका रुपमा रहेका छन् भने चलचित्रलाई शिवराम श्रेष्ठले खिच्ने भएको छ । चलचित्रलाई  मित्र डि गुरुङले सम्पादन गर्नेछन् ।

 

चलचित्रमा नायक विपिन कार्की , वर्षा राउत , रविन्द्र सिंह बानिया, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता काकई लगायतका कलाकारको अभिनय रहनेछ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

असोज ३० , ‘जय भोले’को दिन

  • २९ असोज, २०७५

  असोज ३० गते अर्थात् भोलि फुलपातीको दिन देखी प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जय भोले’को बुकिङ खुल्ला भएको छ । चलचित्रले क्युएफएक्स चेनमा मात्र

रेखा थापाको ‘मालिका’ सेन्सरबाट पास

  • २६ असोज, २०७५

नायिका रेखा थापाको अभिनय, निर्माण तथा निर्देशन रहेको चलचित्र  ‘मालिका’ सेन्सर पास भएको छ ।  बाल विवाह विरुद्धको आवाज उठाउने रेखाको चलचित्र

चलचित्र ‘प्रेम दिवस’को शुभ मुहुर्त, मुख्य भूमिकामा प्रियंका कार्की र आयुष्मन देशराज जोशी

  • २४ असोज, २०७५

 नायिका प्रियंका कार्की र आयुष्मन देशराज जोशीको  मुख्य भूमिका रहने चलचित्र ‘प्रेम दिवस’को शुभ मुहुर्त गरिएको छ । बुधबार राजधानीको मैतीदेवी