Skip This

प्रदीप र जसिताको ‘लभ स्टेशन’ दार्जिलिङमा

प्रदीप खड्का र जसिता गुरुङ  लिड रोलमा रहेको चलचित्र ‘लभ स्टेशन’को यतिवेला दार्जिलिङमा छायाँकन भइरहेको छ । यो चलचित्रको ११ आसोजबाट दार्जिलिङमा छायाँकन सुरु भएको हो । प्राप्त जानकारी अनुसार चलचित्र ‘लभ स्टेशन’को आधा छायाँकन सकिएको छ भने चलचित्रका निर्माता गोबिन्द शाहीले छायाँकनबारे भने, ‘हामीले दुई ओटा गीत सहित ५० प्रतिसत छायाँकन सकेका छौं । तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं ।

 

 

चलचित्र लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय छ । लभ स्टेसनको चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताएका छन् । चलचित्रको कथामा प्रदीप र जसिताको जोडी खुव सुहाएको पनि उनले बताए ।


काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका यस चलचित्रको  प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।लभ स्टेशनको दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कललगायतका स्थानमा सुटिङ गरिने छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल हुने भएको छ ।

  • ८ फाल्गुण, २०७५

मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ । ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको