सार्वजनिक भयो गायक प्रविन श्रेष्ठ र गोबिन्द गुरुङको ‘ नखोज मलाई ’ ...( भिडियो सहित)

केहि समय अघि हिट गीत  ‘तिमीले साथ छोडी दिदा ’ का चर्चित अनि सफल गायक जितेन लेप्चाको शब्द संगीतमा आफ्नो सुमधुर आवाज भरि गीत सार्वजनिक गरिसकेका युवा गायक प्रविन श्रेष्ठको बिल्कुलै नया गीत  ‘नखोज मलाई ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक प्रविन श्रेष्ठको आवाज सुन्न सकिन्छ भने गीतलाई अझ नया रुप दिनको लागि नव र्यापर गोबिन्द गुरुङको पनि उत्तिकै मेहनतिलो आवाजमा सजिएको र्याप पनि सुन्न सकिन्छ । 

बिशेष युवा पुस्तालाइ लछित गरि तयार गरिएको यस गीतमा बिदेशिनुको पिडा अनि घर परिवारको सम्झनालाइ गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक यस गीतमा  गायक तथा संगीतकारको रुपमा परिचित देब स्याङ्तान  र यसै गीतका र्यापर गोबिन्द गुरुङको शब्द रचना रहेको छ भने गीतलाई संगीत भर्ने काम देब स्याङ्तानले गरेका हुन् । गीत साउथ कोरियामै रहेको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको छ भने यस गीतलाई दीपक लामाले एरेन्ज गरेका छन ।    

 

गीतको भिडियो विदेश अर्थात् कोरियामै छायांकन गरिएको छ ।  निकै आकर्षण लोकेशनमा खिचिएको यस गीतको म्युजिक भिडियोमा गायक प्रविन श्रेष्ठ,र्यापर गोबिन्द गुरूंग ,माईलेनि भेग्रा ( कोरियन मोडल )को अभिनय रहेको छ भने गीतको भिडियोलाई कोरियाकै क्यामेरामेन तथा सम्पादक पेंजी योईङ्गले निर्देशन तथा सम्पादन गरेका छन  ।    
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोडेल अन्जु चौलागाईं प्रकाश संग प्रेममा... ( भिडियो सहित)

  • २९ असोज, २०७५

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर

चर्चामा गणेश गुरुङ र सरु थापाको ‘तालको पानी ताक्लुङ्गे नानी’ ...( भिडियो सहित)

  • २९ असोज, २०७५

पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्र लगायत गुरुङ चलचित्रको संगीतमा समेत निकै चर्चा कमाएको गणेश गुरुङ यतिबेला निकै चर्चामा छन् । कौडा किङ्गको नाम

हरि बिष्ट र ज्योति मगरको ‘तिम्रो फोटो’ सार्वजनिक ...( भिडियो सहित)

  • २८ असोज, २०७५

  हरि बिष्ट र ज्योति मगरको स्वरमा रहेको गीत ‘तिम्रो फोटो’ सार्वजनिक भएको छ । गायक हरि बिष्टकै एकल  शब्द रचना तथा संगीत रहेको यस गीतको संगीतलाई