राष्ट्रिय नाचघर जमलमा अर्जुन पोख्रेल एकल साझ सम्पन्न ..

शनिबार राजधानीमा चर्चित संगीतकार ,गीतकार तथा गायक समेत रहेका अर्जुन पोख्रेल एकल साझ सम्पन्न भएको छ । गायनसंग संगै संगीत साधना तथा गायनमा समेत पोख्त अनि अब्बल हुदै आईरहेका पोख्रेल पहिलो पटक काठमाडौंको राष्ट्रिय नाचघर जमलमा आफ्ना सिर्जना सहित एकल रुपमा प्रस्तुत भएका हुन् । बिन्धवासिनी फाउन्डेशनले आयोजना गरेको ‘बिन्धवासिनी संगीत साँझ’मा गायक तथा संगीतकार पोख्रेललाई अहिलेका चर्चित गायक गायिकाहरुले साथ दिएका थिए ।

आयोजित  उक्त  एकल साँझमा  गायिका अञ्जु पन्त,  गायक सुगम पोखरेल, मञ्जु पौडेल,  सुरेश लामा, सान्तोष लामा, स्वेच्छा ठकुरी, दुर्गा खरेल, निशान भट्टराईलगायतका गायक गायिकाले गायनमा साथ दिएका थिए । सोही कार्यक्रममा बिन्ध्यवासिनी म्यूजिक अवार्डको यो वर्षको संस्करणमा उत्कृष्ठ ५ मा पर्न सफल कलाकारको नाम सार्वजनिक गरिएको थियो । अग्रज गायीका ज्ञानु राणालाई ‘बिन्ध्यवासिनी संङ्गीत साधना सम्मान’द्वारा सम्मान गरियो । यसैगरी ७ प्रदेशका ७ पत्रकारलाई ‘बिन्ध्यवासिनी गीत संङ्गीत पत्रकारीता पुरस्कार’ प्रदान गरिएको थियो भने अल्जाईमर रोगले पिडीत गायक  बुद्धि कृष्ण लामीछानेलाई आर्थिक सहयोग गरियो समेत हस्तान्तरण गरिएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय चलचित्र पुरस्कार सम्पन्न, पुरस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड विनोद पौडेलले हातमा ।

  • २८ असार, २०७६

शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ  । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी

'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' सम्पन्न

  • २६ असार, २०७६

लोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको

असार २२ गते देखी “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता” सुरु भएको छ ।

  • २३ असार, २०७६

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय