भव्यताका साथ् झापामा गायक जितेन लेप्चाको पहिलो सांगीतिक एकल साझ सम्पन्न

हिट गीत  `तिमीले साथ छोडी दिदा  ´ का चर्चित अनि लोकप्रिय गायक जित्न लेप्चाको गत  कार्तिक ९ गते अर्थात् शुक्रबारको दिन झापाको बुद्धशान्ति ७ वडामा रहेको टेवर्ण एण्ड टिमाई रिसोर्टमा भव्यताका साथ उनको जीवन अर्थात् सांगेतिक यात्राकै पहिलो एकल साझ सम्पन्न बहेको छ ।  गायक जितेन लेप्चाले जानकारी दिए अनुसार यो उनको अहिले सम्मकै सांगीतिक यात्रामा भएको पहिलो एकल साझ हो र उनले उक्त सम्पन्न एकल साझमा आफ्ना पुरानो र नया गीतहरु गरि १० वटा गीतहरु प्रस्तुत गरेका थिए र झापा बासिहरुले पनि उनको धेरै हिट गीतहरु गुन्जिदै जादा गीत र संगीतमै रमाउदै वान्स मोर वान्स मोरको पनि नारा लागीरहेको उनको भनाइ रहेको छ   ।  

 

पछिल्लो समय गायन संगै गीत रचना तथा संगीत सिर्जनामा पनि पोख्त र अब्बल हुदै गैरहेका गायक जितेन लेप्चाको धेरै भन्दा धेरै हिट गीतहरु छन ।गायक लेप्चाले उक्त सम्पन्न एकल साझमा के सोचेर,तिम्रो जस्तो भाग्य ,अझैँ  फेरी रहर, तिमीले साथ् ,ह्यापी ह्यापी,आउन राजै आउ ,आज म मुडमा छु,जानी नजानी ,संझनाले र झिङ्ग झिङ्ग गितारै बज्यो गरि आफ्ना १० हिट पुराना र नया गीतहरु आफ्ना दर्शक तथा सुभचिन्तकहरुलाई सुनाएका थिए ।  

 

हिजो आज विभिन्न सांगीतिक कर्यक्रमहरुमा आफ्नो प्रस्तुति दिनमा निकै व्यस्त रहेका गायक जितेन लेप्चाले निकै चर्चित अनि हिट गीतहरु समेत गाईसकेका तथा धेरै भन्दा धेरै गीत रचना अनि संगीत सिर्जना समेत गरिसकेका गायक जितेन लेप्चा युवापुस्तामाझ निको चर्चित अनि लोकप्रिय छन र उनको गायन संगै हिजो आज उनलाई एउटा कुशल गीतकार अनि संगीतकारको रुपमा पनि चिनिन थालेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक

  • २७ कार्तिक, २०७६

विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायका एकसाथ ७ एल्बम सार्वजनिक गरिएको छ । सोमबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा

दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित

  • १७ कार्तिक, २०७६

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । काठमाडौंमा

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

  • १७ कार्तिक, २०७६

तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान