चलचित्र ‘ह्यापी डेज’ युट्युबमा सार्वजनिक ...(भिडियो सहित )

सफल निर्देशकको रुपमा परिचित तथा चर्चित निर्देशक मिलन चाम्सद्वारा निर्देशित  चलचित्र ‘ह्यापी डेज’ को सानो अंश युट्युबमा सार्वजनिक भएको छ । २० मिनेट १२ सेकेण्डको उक्त चलचित्र हिजो मात्र युट्युबमा सार्वजनिक गरिएको र करिब २४ घण्टा नबित्दै उक्त सानो अंशले युत्युबको ट्रेण्डिङ्ग २० मा आफ्नो ठाउँ बनाउन सफल समेत छ  ।  यस समाचार तयार गर्दा चलचित्र युत्युबको ट्रेण्डिङ्ग २० मा रहेको छ   । नायक दयाहाङ राई साथै प्रियंका कार्की मुख्य रोलमा देखिएको यस चलचित्रमा लण्डन जान एक युवाले गरेको संघर्षलाई देखाइएको छ ।

 

चलचत्रिमा दयाहाङ्ग राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ । पि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युट्युबको ट्रेण्डिङ्गमा ‘रातो टिका निधारमा’ को शीर्ष गीत ...(भिडियो सहित)

  • २९ भदौ, २०७६

आउदो  असोज १० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र  ‘रातो टिका निधारमा’ को शीर्ष गीत सार्वजनिक भएको छ ।  सार्वजनिक भएसंगै दर्शक श्रोता तथा

ट्रेण्डिङ्गमा 'छ माया छपक्कै' को पहिलो गीत 'जुनको जुनेली '..(भिडियो सहित)

  • १६ भदौ, २०७६

दर्शक श्रोताहरुको मन जित्दै चलचित्र " छ माया छपक्कै " को पहिलो गीत " जुनको जुनेली " यतिबेला युट्य़ुबको ट्रेण्डिङ्ग १४ मा बस्न सफल भएको छ । सार्वजनिक