आउदो पुष २७ गते बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दि ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्बजनिक गरिएको छ । पुरानो चलचित्र ‘ज्वाला’को निकै चर्चित यस गीतलाई रिमेक गरि चलचित्र ‘दि ब्रेकअप’ मा प्रयोग गरिएको छ भने यस गीतमा गायक विराज गौतम र गायिका मेलिना राईको स्वर रहेको छ । गीत सार्वजनिकको २४ घण्टा नबित्दै युत्युबको ट्रेण्डिङ्ग १० मा समेत रहन सफल भएको छ । यो समाचार तयार पर्दा यस गीत युत्युबको ट्रेण्डिङ्ग १० मा रहेको छ ।
सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्कीको अभिनय रहेको यस गीतको भिडियोमा चर्चित नृत्य निर्देशक कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । नरेन्द्र मैनालीले छायांकन , सुरेन्द्र पौडेलको सम्पादन रहेको यस चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना साथै हेमराज बिसीले निर्माण गरेका हुन् भने हेमराज बिसी चलचित्रका निर्देशन पनि हुन् ।
सामाजिक संजाल फेशबुक र युट्युबमा मात्र होइन जता ततै भाईरल धादिङ्गकि कमला घिमिरेको नया गीत तथा पहिलो रेकर्डिङ्ग गीत ';चिया छानेको ' को म्युजिक भिडियो
योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ को म्युजिक भिडियो दर्शक श्रोताहरुको माया र साथ बटुल्दै अहिले युट्युबको ट्रेण्डिङ्गमा
युवा पप गायक सचिन रौनियारको "कु कु कु " बोलको गीत युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक भएको केहि दिनमै दर्शक श्रोता तथा
प्रतिकृया दिनुहोस