नाजिर,आकाश र बर्षालाई लिएर मिलन चाम्सले बनाउने भो चलचित्र ‘विर विक्रम २’ ..

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेमा आई प्रोडक्सको संयुक्त व्यानरमा निर्माण हुने चलचित्र ‘विर विक्रम २’लाई सफल निर्देशकको रुपमा परिचित निर्देशक मिलन चाम्सले निर्देशन गर्ने  भएको  छ  । ब्यबसायिक रुपमा सफल चलचित्र ‘विर विक्रम’ को नामबाट चलचित्र ‘विर विक्रम २’ बन्ने भएको हो भन्ने जानकारी समेत निर्देशक मिलन चाम्सले हिजो  बिहिबार राजधानीमा एक भव्य कार्यक्रम गर्दै चलचित्रको निर्माण घोषणा गरिएको छ  ।

 

प्रदीप भारद्धाजको पटकथा / लेखन रहेको यस चलचित्रमा आकाश श्रेष्ठ, वर्षा सिवाकोटी बुद्धि तामाङ, विनिसा भण्डारी, बालकलाकार मनिष लिम्बु, मनोज केसी, शिशिर राणा, क्षितिज सुवेदी लगायतका कलाकारको मुख्य भुमिका रहने भएको छ भने चलचित्र ’ विर विक्रम २’मा अर्पण सापकोटा सह-निर्मातको रुपमा समेत रहने भएका  छन् ।

 

 

चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार ‘विर विक्रम २’ विर विक्रमको सिक्वेल नभई नया नाम रहेको बताएका छन भने  उनले  ‘मेरो टिमले यस पटक नयाँ कथामा काम गरेकाले गर्दा यो चलचित्र ‘विर विक्रम’ का मुख्य तीन पात्र दयाहाङ राई, अनुप विक्रम शाही र दीया पुन नदोहोरीएको बताए’।‘विर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहनेछ । चलचित्र कार्तिक २६ गतेबाट छायांकनमा जाने निर्माण टिमले बताएको छ । चलचित्र आगामी नयाँ बर्षमा सार्बजनिक प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण टिमले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक