चलचित्रमा अभिनय छोडी भजनमा व्यस्त नायक राज तिमल्सिना र अनु शाह..(फोटो सहित )

बुढानिलकण्ठ मन्दिरको एैतिहासिक र धार्मिक महत्वलाई भक्तजन माझ पुर्याउने हेतुले बनाइएको भजन ‘हरिहरको स्वरुप’को बुढानिलकण्ठ मन्दिर परिसरमा छायाँकन सम्पन्न गरिएको छ । भगवान शिव र बिष्णुको रुप बुढानिलकण्ठको प्रचार प्रसारको लागि भजन निर्माण गरिएको हो ।

 

 

 

बुढानिलकण्ठ नारायणस्ठान मन्दिर ब्वस्थापन समितिका अध्यक्ष सकुल शाहको शब्द सन्कलन रहेको भजनमा चन्द्रकान्त पौडेल र कोमल ओलिको स्वर रहेको छ । चन्द्रकान्त पौडेलको संगीत रहेको भजनमा बुढानिलकण्ठ मन्दिरको उत्पत्ती र यसको महत्वको बर्णन गरिएको छ । भजनमा नायक राज तिमल्सिना र नायिका अनु शाहको अभिनय रहेको छ । बुढानिलकण्ठ भगवान प्रती आफ्नो विश्वाश रहेको र मन्दिरको बारेमा बनेको भजनमा अभिनय गर्न पाउदा आफुलाई निकै खुशी लागेको नायक राज तिमल्सिनाले बताए ।

 

यस्तै नायिका अनु शाहले पनि आफुले एैतिहासिक बुढानिलकण्ठ मन्दिरको बारेमा बनेको भजनमा अभिनय गर्न पाउदा निकै खुशी लागेको जानकारी दिइन । भजन छिट्टै युट्युबमार्फत सार्वजनिक हुँदैछ । सकुल शाहले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ । । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा दिपक छेत्री र शुभास गजुरेलको समेत अभिनय रहेको छ । भजन निर्माण बुढानिलकण्ठ नारायणस्थान मन्दिर ब्यवस्थान समितीले गरेको हो ।

 

नेपाल टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम होरा दर्शनका प्रस्तोता गायक तथा संगीतकार पौडेल बिगत एक दशक देखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘गङनम स्टाइल’ का गायक नेपाल आउदै

  • ३० कार्तिक, २०७५

विश्वभर चर्चित गीत  ‘गङनम स्टाइल’का गायक पीएसवाईको नेपालमा कन्सर्ट हुने भएको छ । आउदो डिसेम्बर १५ मा राजधानी स्थित सातदोबाटोको रेडियो

अष्ट्रेलियामा ‘जात्रै जात्रा’

  • २९ कार्तिक, २०७५

  निर्माणको तयारीमा रहेको चलचित्र  ‘जात्रै जात्रा’ अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको जानकारी प्राप्त भएको छ

विपिन , वर्षा र सुरक्षा पन्तको ‘गोपी’ दुई महिना अघि ,अब माघ १८ गतेमा

  • २८ कार्तिक, २०७५

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र  ‘गोपी’ दुई महिना अगाडि सरेको छ । चैत १५ गते प्रदर्शन हुने भनिएको चलचित्र अब माघ १८ गतेलाइ प्रदर्शन मिति