ट्रेलरमा चलचित्र ‘प्रसाद’..(भिडियो सहित )

पत्रकार सुशील पौडेलको डेब्यु कथा तथा पटकथा रहेको चलचित्र ‘प्रसाद’को ट्रेलर गत शुक्रबार नेपालि टिभी एपी १ टेलिभिजनबाट प्रसारण हुदै आएको चर्चित रियालिटी सो नेपाल आईडल र ओयसआर नामक युट्युब मार्फत एकै पटक सार्वजनिक गरिएको हो । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथालाई एक कलात्मक तरिकाले दर्शकमाझ प्रस्तुत गर्न खोजिएको यस चलचित्रको ट्रेलरमा  विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । 

 

यहि आउदो मंसिर २१ गतेलाइ प्रदर्शन मिति तय गरिएको यस चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने चलचित्रमा संचारकर्मी तथा म्युजिक भिडियो निर्देशनमा अब्बल बिकाश सुबेदी सहायक निर्दशनमा रहेका छन   । सुभाष थापाको निर्माण रहेको यस चलचित्रमा  बिपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुसाल, बिनोद भट्टराई, प्रकाश गन्दर्भ,अन्नपुर्नेस्वरि शिल्पकार, लोकमणि सापकोटा, राजेश बिसुरा, भोला शाह, अचुत उप्रेती, सुनिश बजगाई तथा साश्वत जंग शाहीको मुख्य भूमिका रहेको छ l चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गौरव र बिनिताको ‘प्याँ प्याँ र पु पु’ सार्वजनिक ...(भिडियो सहित )

  • २ माघ, २०७५

  गायक निरज आर शाक्यको स्वर रहेको ‘प्याँ प्याँ र पु पु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सागर राजको रहेको गीतमा

सारा र जीवनको‘दुइ किना’ सार्वजनिक... (भिडियो सहित )

  • २ माघ, २०७५

गायक तथा संगीतकार सूर्य दयालु ‘दुई किनार’  को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  गायक सुर्य दयालुको स्वर तथा संगीत  रहेको यस गीतमा बासु

फाल्गुन ३ बुलबुलको दिन ,चलचित्र `बुलबुल´ को अफिसियल ट्रेलर सार्वजनिक...( भिडियो सहित )

  • २ माघ, २०७५

आउदो  फागुन ३ गतेलाइ  रिलिज मिति तय गरेको  चलचित्र ` बुलबुल  ´ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा स्वस्तिमा खड्कालाई ट्याम्पु