कालीञ्चोकमा चल्यो केबुलकार, शुल्क मात्र ५ सय

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

 

कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए । सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सदभावना दूतमा गायक प्रमोद खरेल नियुक्त

  • २ श्रावण, २०७६

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सदभावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो

७ गतेदेखि सरकारी गाडी चल्न नदिने विप्लव समुहको चेतावनी

  • २ श्रावण, २०७६

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगामी साउन ७ गतेदेखि सरकारी गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने जनाएको छ । पार्टीका मध्य पश्चिम कमाण्ड इन्चार्ज

सबैलाई चुलो निम्तो दिदै धमाका मच्चाउन सरस्वति र बुद्ध लामा पुगे कुवेत

  • १ श्रावण, २०७६

नुवाकोट धादिङ रसुवा समाज कुवेतको आयोजनामा हुन गैइरहेको प्रथम वार्षिक उत्साव  तथा बृहत संगितिक धमाका कार्यक्रमको तयारी पुरा भएको यही आउदो 19 जुलाई 2019