कालीञ्चोकमा चल्यो केबुलकार, शुल्क मात्र ५ सय

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

 

कालीञ्चोक दर्शन लिमिटेडले साँढे दुई वर्षअघि निर्माण शुरु गरेको कालीञ्चोक केबुलकार करीब ४५ करोडको लागतमा सम्पन्न भएकोे हो । केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए । सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ । स्वीस प्रविधिबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Breaking News: अवतरण गर्ने क्रममा विमान दुर्घटना,४१ जनाको मृत्यु

  • १९ मङ्सिर, २०७६

एजेन्सी – रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट

जीप दुर्घटनामा दुई जनाको निधन

  • १९ मङ्सिर, २०७६

पाल्पा–पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९

आत्रेय ईण्टरटेर्मेण्टले लियो ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स

  • १५ मङ्सिर, २०७६

अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न