चर्चित गायक जितेन लेप्चाको आवाजमा सजिएको निकै प्रेमिल अनि मन स्पर्सि गीत दुइ थोपा आशुको लिरिकल भिडियो गीत सार्वजनिक भएको छ भने गायकले यस लिरिकल गीतलाई आफ्नै नामको युत्युब च्यानलबाट रिलिज गरेका हुन् । निकै सुमधुर आवाजका धनि गायकले यो भन्दा पहिला देखि नै गायन छेत्रमा अब्बल र केहि हिट गीत समेत आफ्नो शुचाचिन्तक सामु प्रस्तुत समेत गरिसकेका छन ।
नजिकिदै गरेको चाड पर्व संगै बिशेष चाड पर्वमा हुने सांगीतिक कार्यक्रमहरुमा समेत आफ्नो प्रस्तुति दिन व्यस्त रहेका गायक जितेन लेप्चाको हरेक गीतहरु निकै प्रेमिल अनि सदाबहार गुन्जिने खालका हुन्छन । यस्तै उनको केहि दिन अघि मात्र झापामा एकल साझ समेत भएको थियो । युवापुस्तामाझ निकै लोकप्रिय अनि चर्चित गायक जितेन लेप्चा गायनमा मात्र होइन संगीत सिर्जना देखि लिएर गीत रचनामा उत्तिकै पोख्त छन र उनले लेखेका गीतहरुमा धेरैले आफ्नो आवाज समेत भरिसकेका छन ।
यस्तै यस सार्वजनिक लिरिकल भिडियोको पनि गायक जितेन लेप्चाले चाडै नै म्युजिक भिडियो बनाई प्रस्तुत गर्ने विचार ब्यक्त गरेका छन । यस गीतमा मनिरा राइ पुमाको शब्द रचना,गायक जितेन लेप्चाकै संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत 'छोटो कपाल'को भिडियो सार्वजनिक गरिएको छ । तेजश
चलचित्र ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । आगामी माघ १७ गते रिलिज हुने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको
गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल
प्रतिकृया दिनुहोस