जितु नेपाल टिभीमा कमब्याक 'मुन्द्रेको कमेडी क्लब' अब नेपाल टेलिभिजनमा हरेक सोमबार ८ः५० बजे

हास्यकलाकार जितु नेपालले पुन टिभीमा कमब्याक गरेका छन् । चर्चित अनि लोकप्रिय टिभी शो  'जिरे खोर्सानी' बन्द भएपछि उनी कलाकार  दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण तथा निर्देशन गर्दै आईरहेका चलचित्रहरुमा अभिनय गर्दै आईरहेका थिए भने उनि अब  हरेक हप्ताको सोमबार साँझ ८ः५० बजे पुन  टिभीमा देखिने भएका छन् । उनले अब कि इन्टरटेन्मेन्टले यसको निर्माण गरेको   'मुन्द्रेको कमेडी क्लब' लिएर नेपाल टेलिभिजनमा हरेक सोमबार ८ः५० बजे आउने भएका छन । 


 
यस प्रसारणको तयारीमा रहेको शो को हिजो काठमाडौँ को दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा  पत्रकार सम्मेलन गर्दै कमेडी क्लबको औपचारिक जानकारी गराइएको थियो । हिजो पत्रकार सम्मेलनमा देखाइएको सानो कार्यक्रमको झलक अनुसार कार्यक्रम निकै हसाउने खालको रहेको अनुमान लगाउन सकिन्छ र उक्त देखीएको झलकमा दिपकराज  गिरी, शिव परियार, केकी अधिकारी लगायतका कलाकारहरु  कार्यक्रमको अतिथी बनिसकेका छन् ।

 

क्लबको अध्यक्षमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला रहेकी छन् । प्रति एपिसोड खिच्न ७ लाख लाग्ने कार्यक्रमको कन्सेप्ट भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने (हाल बन्द) 'दि कपिल शर्मा सो' बाट प्रभावित छ । 'मुन्द्रेको कमेडी क्ल' लाई सञ्चारकर्मी रवि श्रेष्ठले निर्देशन गर्नेछन् । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टुरिजम एण्ड कल्चर यूनिभर्स नेपालको बिजेता बने ओजस्वी र पुस्कर..

  • २ माघ, २०७५

प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि

चलचित्र ‘पुरानो बुलेट’ नेपालमा रिलिज अगावै हङकङमा वर्ल्ड प्रिमियर हुने पक्का भएको छ ।

  • २६ पौष, २०७५

भिषण राईको निर्देशन रहेको ,अनुपबिक्रम शाही स्टारर चलचित्र  ‘पुरानो बुलेट’ आउदो चैत्र १ गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेको छ भने  हाल पोष्ट

७ प्रदेशमा ‘सप्तरङ्ग’ साँगीतिक यात्रा हुने भएको छ ।

  • २४ पौष, २०७५

गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ’सप्तरङ्ग’ एक पृथक साँगीतिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित देशका सात