प्रदिप र जसिताको ‘लभ स्टेशन’ अब काठमाडौंमा

लिलीविलीबाट लोकप्रियता हाँसिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को चलचित्र  लभ स्टेशनको यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो चलचित्रको दुईवटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकिने निर्माण टिमले जानकारी दिएको छ । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर फिल्म ‘लभ स्टेशन’ युनिट २ दिन अघि काठमाडौं आएको हो । बाकि छायांकन काठमाण्डौ मै हुने छ भने दुई गीत मध्ये एक गीत मनांग र अर्को जापानमा हुने छ ।

 

चलचित्र उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र  लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्र  भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

 

यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको फिल्म भन्दा लभ स्टेशन केही पृथक बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रससनीय भएको यी अभिनेताको भनाई छ । चलचित्रमा  प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यस चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘गरुड पुराण’लाई पिजी सर्टिफिकेट

  • २ माघ, २०७५

चलचित्र ‘गरुड पुराण’ लाइ सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । पिजी सर्टिफिकेटका कारण यस चलचित्र  हेर्न १६ बर्षमुनीका दर्शकले अभिभावकको साथ

लोकप्रिय गायिका शान्ति श्री परियार दुर्घटनाको सिकार

  • २ माघ, २०७५

लोकप्रिय गायिका शान्ति श्री परियार हिजो दुर्घटनामा परेकी छन् । सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रमको लागि फर्कँदै

आयुश्मान र शिल्पाको ‘सानो मन’ निर्माण घोषणा

  • २ माघ, २०७५

आयुश्मान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहने चलचित्र `सानो मन  ´  को हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी  निर्माण घोषणा गरिएको