सुन्दरादेवी सन्देशको सातौ वार्षिक उत्सब कार्यक्रम सम्पन्न

नुवाकोटबाट प्रकाशित हुँदै आएको साप्ताहिक पत्रिका सुन्दरादेवी सन्देशले आफ्नो सातौ वर्षगाठ विविध कार्यक्रमगरी मनाएको छ । सुन्दरादेवी सन्देशले सातौ बार्षिक उत्सव तथा सुन्दरादेवीन्यूज डटकम अनलाइनको नुवाकोटको विदुरमा शुभारम्भ गर्दै साङ्गीतिक कार्यक्रम सहित आफ्नो सातौ वर्षगाठ मनाएको हो ।

कलाकार, समाजसेवी तथा पत्रकारहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता अजुर्ननर सिंह केसीले सुन्दरादेवी सन्देश साप्ताहिकलाई शुभकामना तथा बधाई दिँदै पत्रकारिता पेशामा इमान्दार र निष्पक्षताको अभाव भएकाले पेशाप्रति जिम्मेवार बन्न आग्रह गरे । सुन्दरादेवी सन्देशका अध्यक्ष शशी अधिकारी र प्रकाशक किरण अधिकारीले नुवाकोट र आसपासको स्थानलाई केन्द्र समाजिक तथा रङ्ग विषयवस्तुलाई केन्द्रबिन्दु बनाएर सञ्चालनमा रहेको पत्रिकालाई क्रमशः प्रदेस नं. ३ को सबै स्थानमा पुर्याउन आफूहरु लागि परेको भन्दै अब सुन्दरादेवी न्यूज डटकम मार्फत सबै बिधाका समाचारलाई समावेश गरी संसारका हरेक ठाउँमा भएका नेपाली भाषीबीच पुग्ने लक्ष्य लिएको बताए ।

 

 

समारोहमा काठमाडौंबाट गएका पछिल्लो समयका चर्चित गायक डेभिट शंकरले साङ्गीतिक प्रस्तुति दिएका थिए भने रोमा न्यौपाने, जय देबकोटा, मुस्कान सिंह र राज न्यौपाने आ–आफ्ना प्रस्तुति पेस गरेका थिए । त्यस्तै नायिका तथा गायिका सारिका घिमिरे, गायक सिमान्त सन्तोषलगायत अन्य कलाकारहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टुरिजम एण्ड कल्चर यूनिभर्स नेपालको बिजेता बने ओजस्वी र पुस्कर..

  • २ माघ, २०७५

प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि

चलचित्र ‘पुरानो बुलेट’ नेपालमा रिलिज अगावै हङकङमा वर्ल्ड प्रिमियर हुने पक्का भएको छ ।

  • २६ पौष, २०७५

भिषण राईको निर्देशन रहेको ,अनुपबिक्रम शाही स्टारर चलचित्र  ‘पुरानो बुलेट’ आउदो चैत्र १ गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेको छ भने  हाल पोष्ट

७ प्रदेशमा ‘सप्तरङ्ग’ साँगीतिक यात्रा हुने भएको छ ।

  • २४ पौष, २०७५

गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा ’सप्तरङ्ग’ एक पृथक साँगीतिक यात्रा हुने भएको छ । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित देशका सात