प्रचारप्रसारमा ‘प्रेमलीला’ ,अभियान तक्लु बन्नुस, पुरस्कार जित्नुस..


आउदो माघ २५ गतेलाई प्रदर्शन मिती तय गरिएको चलचित्र  ‘प्रेमलीला’को निर्माण टिमले आफ्नो प्रोमोसन सुरु गरेको छ । टिमले आफ्नो चलचित्रको  प्रचार प्रसारलाई व्यापकता दिने योजनामा ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने जानकारी प्राप्त भएको छ । चलचित्रमा तक्लु बनेकी  छिन नायिका तथा निर्मात्री दीपशिखा खड्का। 

प्राप्त जानकारी अनुसार यस  प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्ने छन र सहभागिता लागि चलचित्रको  अफिसियल फेसबुक पेज (प्रेम लीला ) लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिने दीपशिखाले बताइन ।

 

चलचित्रमा नायिका तथा निर्मात्री दीपशिखा खड्काकै कथा रहेको छ र यस चलचित्रमा  दीपशिखासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । चलचित्रलाई  जनक पाण्डेले निर्देशन गरेका हुन्  भने छायांकनमा  पवन गौतम रहेको छ । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । चलचित्रको केहि हप्ता अघि मात्र फस्टलुक पोस्टर सार्वजनीक गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दोहोरिने भए चलचित्र ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी ।

  • १ मङ्सिर, २०७६

चलचित्र ‘ए मेरो हजुर ४’ मा नायक अनमोल केसी अनुबन्धित भएका छन् ।  निर्माण कम्पनी सुहाना इन्टरटेनमेन्ट र नायक केसीबिच शनिबार  सम्झौता भएको हो भने

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

  • ३० कार्तिक, २०७६

चितवन । दक्षिण चितवनको ठोरी–माडी सडकखण्ड अन्तर्गत पुरानो अमुवा पोष्ट नजिकै जङ्गली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ । मृत्यु हुनेमा माडी

महजोडीलाई ‘सूर्य रत्न सम्मान’

  • ३० कार्तिक, २०७६

वरिष्ठ हास्यकलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘सूर्य रत्न सम्मान २०७६’ बाट सम्मानित हुने भएका छन् । जापानको टोकियोमा