भिलेन लुक्समा निखिल उप्रेती

नेपाली चलचित्र छेत्रका एक्सन स्टार निखिल उप्रेती र नायिका शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्र  ‘भिलेन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा निखिललाई  भिलेन लुक्स देखाइएको छ । द ग्लोबल पिक्चर्स प्रालीको ब्यानरमा कपिल खत्रीको प्रस्तुति रहेको यस चलचित्रलाई बल बहादुर श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशक देबेन्द्र राज पाण्डेको निर्देशन रहेको छ र यस चलचित्रमा निखिल उप्रेती ,शिल्पा पोखरेल , निशा अधिकारी र कपिल खत्रीको  मुख्य भूमिका रहेका  छन् । 

 

मौनता श्रेष्ठको लेखन , सौरभ लामा र मदन कायस्थ घिमिरेको छायांकन रहेको यस चलचित्रमा   दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता रहेको फिल्ममा राज कुमार श्रेष्ठको सह-निर्माण रहेको छ । चलचित्रमा  बसन्त  सापकोटा, लाल कुमार बराल र बाबुल गिरीको संगीत, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, शुक्र राज शाहको द्वन्द, दिपक श्रेष्ठ र दिपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको छ भने  चलचित्र यहि आउदो  पौष २७ गते देखि प्रदर्शनमा आउने भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल-अमेरिका चलचित्र महोत्सवको आवेदन खुल्ला

  • २४ मङ्सिर, २०७६

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६देखि २८सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित

भुटानलाई हराउँदै नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको छ ।

  • २४ मङ्सिर, २०७६

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक

‘डबल सी’ प्रवर्धन गर्दै दया र वर्षा

  • २३ मङ्सिर, २०७६

नायक दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने बताएका छन् । आफु पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केहि सजगता बाध्यताका