स्वस्तिमाले छोडेको ‘दाल भात तरकारी’ आँचलको भागमा

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले बनाउने चलचित्र  ‘दाल भात तरकारी’मा नायिका फेरबदल भएको छ । नायिका स्वस्तिमा खड्काको ठाउँमा उनकै समकालिन नायिका आँचल शर्मा अनुबन्धित भएकी छिन् । श्रोतका अनुसार स्वस्तिमाले ‘दाल भात तरकारी’को स्क्रिप्ट पढेकी थिइन् । त्यसपछि उनले आफ्नो भूमिका दमदार नभएको भन्दै चलचित्र  नखेल्ने निर्णय टिमलाई सुनाएकी हुन् । यता स्वस्तिमालाई रिप्लेस गरेकी नायिका आँचल शर्माले भने ‘दाल भात तरकारी’मा आफुले पाएको भूमिका दमदार भएको दाबी गरिन् ।

 


निर्माता किरण केसीले स्वस्तिमाको समय नमिल्दा आँचललाई फिल्ममा भित्र्याउनु परेको बताए । ‘हाम्रो सँगै स्वस्तिमाको अर्को चलचित्रको छायाँकन सुरु हुने रहेछ ।  ‘दाल भात तरकारी’को छायाँकन मंसिर १ गते देखि सुरु हुँदैछ भने यसको १ महिना पछी मात्रै स्वस्तिमा विकास आचार्यको फिल्म ‘हजार जुनी सम्म’ मा ब्यस्त हुँदैछिन्  । सुदन केसीले निर्देशन गर्ने चलचित्र  ‘दाल भात तरकारी’मा मह जोडी, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत र आँचल शर्माले अभिनय गर्दैछन् ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफु र मिलन चाम्सको फोटोमा वर्षाको  यस्तो क्याप्सन ? Dear Milan Chams ❤️ #urthebest  " । 

  • ९ जेठ, २०७६

गत शुक्रबार अर्थात् जेस्ठ ३ गते देखि प्रदर्शनमा आएको चलचित्र " बिरबिक्रम २ " यतिबेला पनि ब्यापकताको साथ् प्रदर्शन भैरहेको छ । १ गते रोयल कार्पेट गरि

भरतपुर महानगरद्वारा रंगशाला निमार्णका लागि १ महिनाको तलब दिने घोषणा

  • ९ जेठ, २०७६

भरतपुर महानगरको जेठ ३ गते बसेको २८औँ बोर्ड बैठकले विविध निर्णयहरु गरेको छ । वडा भेला, नगरसभा, योजना छनोट, बजेटबारे छलफलजस्ता महत्वपूर्ण कार्यहरु गर्ने

टिकटक सेलिब्रिटीको गोली हानी हत्या

  • ९ जेठ, २०७६

एजेन्सी– मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । घटना मंगलबार बिहान सवा पाँच