मायाज् ब्युटी पार्लरकी संचालिका गीता गिरीलाइ ‘विशेष उद्यमी सम्मान’

विगत एक दशक अगाडि देखी सौन्दर्य व्यवसायमा सक्रिय मायाज् ब्युटी पार्लरकी संचालिका गीता गिरी सम्मानित भएकी छिन् । उनलाई घरेलु तथा साना उद्योग कार्यालय, भक्तपुरले तेश्रो उद्योग दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा ‘विशेष उद्यमी सम्मान’ प्रदान गरेको हो । उनलाई प्रदेश नम्बर ३का प्रदेश सभा सदश्य शशिजङ्ग थापाले उक्त सम्मान प्रदान गरेका हुन् ।

 

भक्तपुर जिल्लामा नै उत्कृष्ट महिला उद्यमी भएर सम्मान पाएकी गिरीले आगामी दिनहरुमा अझ राम्रो सेवा तथा सुविधाहरु विस्तार गरि व्यवसाय संगसंगै समाज सेवामा समेत लागि पर्ने बताइन् । भक्तपुर जिल्लाको सुर्यविनायकमा मुख्य कार्यालय सहित काठमाडौँको बानेश्वर र कलंकीमा शाखा रहेको मायाज् ब्युटी पार्लरको शाखा अमेरिका र दुवईमा समेत खोल्ने योजनामा रहेको गिरीले बताइन् । गिरी यस अघी पनि विभिन्न सौन्दर्य सम्मानहरुबाट सम्मानित भइसकेकी छिन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै