कुञ्ज नाटक घरमा ‘लिलामे माइलो’

कुञ्ज नाटक घरमा ‘लिलामे माइलो’ नाटक मन्चन भइरहेको छ । नाटक मंसिर १२ देखि पुस ७ गते सम्म निरनन्तर मञ्चन हुनेछ । नाटक हेर्न आउने हरेक परिवारको माइला र माइली सन्तानलाई निशुल्क हेर्ने अवसर प्रदान गरिने नाटकका कार्यकारी निमार्ता राजाराम गौतमले बताए । उनले भने ‘हरेक परिवारका माइला माइली अलि भिन्न किसिमका हुन्छन् । त्यसैले यो नाटकको नाम लिलामे माइलो जुराइयो ।

 

लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । यो नाटकको लागि ६ महिना अनुसन्धान गरेर तयार पारेको गौतमको भनाइ रहेको छ । ‘नेपाली समाजको मौलिकता झल्काउने उद्देश्यले हामिले ६ महिना फिल्ड मै गरेर अध्ययन गरेका छौ । अध्ययन प्रश्चात हामीले नाटकलाई जिवन्त बनाउने कोशिस गरेका छौ । यो नाटक अरु नाटक भन्दा अली लामो रहेको छ । नाटक १ घण्टा ३५ मिनेटको रहेको छ । समय अवधी लामो भएपनि दर्शकहरुले नाटकको भरपुर मनोरञ्जन लिने छन् ।’ उनले भने ।

 

 

प्रभाकर न्यौपानेको कथा लेखन र निर्देशनमा बनेको नाटकमा विजय नेपाल, विरेन्द खातिन, निशा पाख्रिन, पुष्प अवस्थी, सलमान गुरुङ, राजन भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । बुधबार बाहेक यो नाटक हरेक दिन साँझ ४:३० बजे मञ्जन हुनेछ भने सार्वजनिक विदाको दिन र शनिबार दिउसो १ बजे समेत मञ्चन हुनेछ ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बिनु गुरुङको हातमा मिस गुरुङ इन्टरनेशनल उपाधि

  • ३१ भदौ, २०७६

मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् ।काठमाण्डौको कमलादी स्थित प्रज्ञाभवनमा देशभरि वाट छानिएका १५

अविनाश ठकुरीको गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक

  • ३१ भदौ, २०७६

अविनाश ठकुरीको गीति एल्बम ‘अपेक्षा’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच एजे फिल्मस् प्रोडक्शन प्रा.लि.को आयोजनामा ठकुरीको दोस्रो

प्रथम औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड सम्पन्न

  • २९ भदौ, २०७६

औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड-२०७६ सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता