Skip This

मसिंर २१ गतेबाट काठमाडौँ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’को सोहौँ संस्करण सुरु हुने भएको छ ।

 

मसिंर २१ गतेबाट काठमाडौँ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’को सोहौँ संस्करण सुरु हुने भएको छ । राष्ट्रिय सभा गृह तथा नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फ पांच दिन सम्म चल्ने छ । फिल्म फेस्टिभलमा नेपाल लगायत ३१ देशका ७० भन्दा बढी फिल्म देखाइनेछ । अन्य बर्ष झैँ यस बर्ष पनि किम्फमा वृत्तचित्र, कथानक फिल्म, लघु फिल्म, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइने छन् ।

 

काठमाडौं महानगरपालिका सह आयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ । जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो । महोत्सवमा देखाइने फिल्म तथा कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन दिनुका साथै आम नेपाली जनतालाई प्रभाव पारिरहेको विषयवस्तुहरु माथि पनि चर्चा परिचर्चा हुने किम्फका अध्यक्ष बसन्त थापाले बताउछन् ।

 

किम्फको उद्घाटन अष्टेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ को विशेष प्रर्दशनीबाट सुरु हुनेछ । यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म

फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अस्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका छन् ।जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गर्नेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल हुने भएको छ ।

  • ८ फाल्गुण, २०७५

मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ । ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको