गायिका बेनुका राई

गायिका बेनुका राई

मिठास अनि सुमधुर स्वरकी धनी गायिका बेनुका राईको जन्म पहाडी जिल्ला खोटाङमा भएको हो ।  बुवा टेकबहादुर राई र आमा ज्ञान् शोभा राइको कोखबाट  आठौ सन्तान भध्ये ठुली कान्छी छोरीको रुपमा जन्मलिएकि  हुन ।   खोटाङदेखि स परीवार  मोरङको कानेपोखरी  बसाई सरे पश्चात्  उनको बाल्यकाल मोरङमा नै बितेको थियो । 

सानैबाट गीत संगीतमा रुचि राख्ने  बेनुकाले गायिका भन्दा पनि आफुलाइ संगीतको विधार्थी भन्न रुचाउछिन र  गीत संगीतलाई नै उनी आफ्नो प्रीय साथी समेत सम्झन्छिन  ।  २०५५ सालबाट मोरङ हुँदै परीवार सहित काठमाडौ भित्रीएको गायिका बेनुका राई गायिका मात्र नभएर  एक शिक्षिका पनि हुन भने उनि कुशल गृहिणी पनि हुन । २०६५ सालमा उनको बिबाह अहिलेका चर्चित  नायक दयाहाङ राईसंग  भएको जानकारी दिएकि बेनुकाले अहिले उनीहरुको  एक छोरा समेत रहेको खुलाएकि छिन  ।   

गायिका बेनुका राई यतिबेला झम्सिखेल स्थित  डिएवि सुशील कडिया स्कुलमा संगीत  विधाकी शिक्षिका  हुन  भने उनले संगीतमा मास्टर्स समेत गरी सकेकी छिन । उंको आवाजमा सजिएको एक गीतको म्युजिक भिडियो  हालै केहि दिन अघि मात्र सार्वजनिक भएको छ र उनि स्नागी गीतमा लोकप्रिय गायक भुपु पाण्डेको पनि आवाज सुन्न सकिन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कलाकार अमित गिरि

  • २३ मङ्सिर, २०७५

डेब्यु चलचित्र  ‘ द विनर   ’ पछि नेपाली ठुलोपर्दा अर्थात् नेपाली  सिनेमा छेत्रमा पाईला चालेका कलाकार तथा मोडल हुन् अमित गिरि ।  बिगत लामो समय

गायिका तारा लिम्बु

  • ६ मङ्सिर, २०७५

आज भन्दा १० वर्ष अगाडी देखि सांगीतिक यात्रा आरम्भ गरेकी तारा थेवे सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङको सिनाममा जन्मेका हुन् । बुवा कर्णराज थेवे र