नेपाल सहित युरोपका विभिन्न स्थानमा पनि चलचित्र ‘चङ्गा चेट’

चलचित्र ‘चङ्गा चेट’ युरोपका विभिन्न स्थानमा लाग्ने भएको छ । स्वदेशमा राम्रो व्यवसाय गर्न सफल चलचित्र युरोपका १५ देशमा प्रदर्शन हुने भएको हो ।  यूरोपका पोल्यान्ड, डेनमार्क, जर्मनी, स्पेन, इङ्ल्यान्ड र स्वीजरल्यान्ड लगायतका देशहरुमा चलचित्र प्रदर्शनी हुने भएको छ ।  अमेरिकाका डालस, न्युयोर्क, अष्टिन, बुष्टन, बाल्टिमोर, क्यालिफोर्निया, मेसिगन, कोलोराडो लगायतका शहरहरुमा पनि चलचित्र प्रदर्शन हुने फिक्स भएको छ’ निर्देशक दीपेन्द्र के खनालले भने ‘ त्यस्तै एसियाका हङ्कङ, जापान र कोरियामा समेत चलचित्र लाग्दैछ । ‘हंङकङ, जापान, कोरियाका साथै युरोपको केही शहरमा आयोजना हुने चलचित्रको टिकट समेत सोल्ड आउट भइसकेको निर्देशक खनालको भनाई रहेको छ । 

 

प्रदीप भारद्धाजको पटकथा रहेको चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ । अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको चलचित्र डार्क कमेडी विषयमा निर्माण भएको हो । ‘चङ्गा चेट’ माधव वाग्ले र शर्मिला पाण्डले मिलेर बनाएका हुन् । आयुष्मान जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, सुरक्षा पन्त, परमिता एलआर राणा लगायतको मुख्य भूमिका चलचित्रमा छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरकी सरु जोशीले जितिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ को ताज

  • २९ चैत, २०७५

रोज सिप बिकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ मा

राजेश पायल राइको १९ औं एल्बम ' दर्शन नमस्ते ४ " सार्वजनिक

  • २८ चैत, २०७५

 गायक राजेश पायल राइले आफ्नो  १९ औं एल्बम ' दर्शन नमस्ते ४ " सार्वजनिक गरेका छन । गत मंगलबार राजधानीमा एक कार्यक्रमको योजना गरि उक्त एल्बम बिमोचन

डाक्टर भिमार्जुन आचार्यको सांगीतिक गजल संग्रह ‘अतित’ लोकार्पण

  • २४ चैत, २०७५

सांगीतिक क्षेत्रमा अर्जुन मिलनको नामले परिचित संविधानविद डाक्टर भिमार्जुन आचार्यको सांगीतिक गजल संग्रह ‘अतित’ को लोकार्पण भएको छ।  शनिवार

ad