नेपाल सहित युरोपका विभिन्न स्थानमा पनि चलचित्र ‘चङ्गा चेट’

चलचित्र ‘चङ्गा चेट’ युरोपका विभिन्न स्थानमा लाग्ने भएको छ । स्वदेशमा राम्रो व्यवसाय गर्न सफल चलचित्र युरोपका १५ देशमा प्रदर्शन हुने भएको हो ।  यूरोपका पोल्यान्ड, डेनमार्क, जर्मनी, स्पेन, इङ्ल्यान्ड र स्वीजरल्यान्ड लगायतका देशहरुमा चलचित्र प्रदर्शनी हुने भएको छ ।  अमेरिकाका डालस, न्युयोर्क, अष्टिन, बुष्टन, बाल्टिमोर, क्यालिफोर्निया, मेसिगन, कोलोराडो लगायतका शहरहरुमा पनि चलचित्र प्रदर्शन हुने फिक्स भएको छ’ निर्देशक दीपेन्द्र के खनालले भने ‘ त्यस्तै एसियाका हङ्कङ, जापान र कोरियामा समेत चलचित्र लाग्दैछ । ‘हंङकङ, जापान, कोरियाका साथै युरोपको केही शहरमा आयोजना हुने चलचित्रको टिकट समेत सोल्ड आउट भइसकेको निर्देशक खनालको भनाई रहेको छ । 

 

प्रदीप भारद्धाजको पटकथा रहेको चलचित्रमा निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको छ । अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायाँकन र दीर्घ खड्काको सम्पादन रहेको चलचित्र डार्क कमेडी विषयमा निर्माण भएको हो । ‘चङ्गा चेट’ माधव वाग्ले र शर्मिला पाण्डले मिलेर बनाएका हुन् । आयुष्मान जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, सुरक्षा पन्त, परमिता एलआर राणा लगायतको मुख्य भूमिका चलचित्रमा छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सामाजिक कार्यमा अझ सक्रिय हुदै गायिका अन्जु पन्त

  • २० मङ्सिर, २०७५

नेपालीकी चर्चित तथा लोकप्रिय अनि सफल गायिका अन्जु पन्त  सामाजिक कार्यमा सक्रियहुदै आईरहेकी छिन् । गायिका अन्जुले आफ्नो संस्था अन्जु पन्त

चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न ,भोलिबाट देशभर एकैसाथ प्रदर्शन

  • २० मङ्सिर, २०७५

भोलि अर्थात् मङ्सिर २१ गते शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको नायक बिपिन  कार्की, नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को

‘छक्का पन्जा ३’ले प्रदर्शनको ५१ औं दिने सक्सेस पार्टी मनाईएको छ ।

  • १९ मङ्सिर, २०७५

प्रदर्शनीको ५१ औं दिन पुगेको अवसरमा चलचित्र  ‘छक्का पञ्जा ३’ ले एक कार्यक्रमको आयोजना गरि खुसि मनाईएको छ । कार्यक्रममा  कलाकार, प्राविधिक तथा