चलचित्र ‘कथा ७२’ को नेपाल प्रिमियर काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा हुने भएको छ ।

नेपाली मौलिक चलचित्र ‘कथा ७२’ को नेपाल प्रिमियर काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा हुने भएको छ । देशबाहिरका विभिन्न चार चलचित्र महोत्सवहरुमा प्रदर्शन भइसकेको ‘कथा ७२’ किम्फको यस वर्षको संस्करणको नेपाल प्यानोरमा अन्तर्गत छनौट भएसँगै २२ मंसिर दिउँसो १ बजे राष्ट्रिय सभागृहको सिटी हलमा प्रिमियर हुने भएको हो । चलचित्रले काठमाडौंबाहिर पनि प्रिमियर गर्ने भएको छ । चलचित्रको पश्चिम प्रिमियर बुटवलको भ्यू सिनेमा हलमा २४ मंसिर र पूर्व प्रिमियर इटहरीको इलाइट सिनेमा हलमा २६ मंसिरमा हुँदैछ । २८ मंसिर शुक्रबारबाट देशभरीको सिनेमा हलहरुमा ‘कथा ७२’ प्रदर्शन हुँदैछ ।

‘हाम्रो भूगोल, हाम्रो कथा’ भन्ने अभियानका साथ २०७२ को महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि चलचित्र निर्माण भएको हो । प्रवीण स्याङ्बोको लेखन तथा निर्देशन रहेको चलचित्रलाई चिन्तन राजभण्डारीले खिचेका हुन् । चलचित्रमा रंगमञ्चमा अभिनयको पृष्ठभूमी बनाएका कलाकारहरु आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको छ ।

 

लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा चलचित्रको निर्माण भएको हो । ‘कथा ७२’ सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिका, डर्वन इन्टरनेशनल फिल्म फेस्टिभल–दक्षिण अफ्रिका, सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल–अमेरिका, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभल–भियतनाममा प्रदर्शन भइसकेको छ । चलचित्रको प्रतिकात्मक गीत नेपाल प्रिमियरसँगै २२ मंसिरमा युट्युबमा सार्वजनिक हुने निर्देशक स्वाङबोले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

न्यूरोडमा भीषण आगलागी

  • २८ श्रावण, २०७६

 पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ। भाट-भटेनी नजिकैको नवदुर्गा फर्निचरमा आगलागी भएको हो । अहिले दुई वटा दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिने

अब विद्यार्थीलाइ मात्र होइन 'अस्कर कलेज 'ले अभिभावकलाई पनि फिल्म सिकाउने

  • २८ श्रावण, २०७६

अस्कर कलेज अफ फिल्म स्टडिजले विद्यार्थीका अभिभावकलाई पनि फिल्म सिकाउने भएका छ । कलेजले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने

नयाँ चलचित्र ‘एन्टी हिरो' मा अनमोल केसी अनुबन्धित

  • २७ श्रावण, २०७६

 ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल  केसी नयाँ चलचित्र  ‘एन्टी हिरो’ मा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक