चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न ,भोलिबाट देशभर एकैसाथ प्रदर्शन


भोलि अर्थात् मङ्सिर २१ गते शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको नायक बिपिन  कार्की, नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न भएको छ । हिजो बुधबार सांझ राजधानी काठमाडौँमा रहेको बिग सिनेमामा चलचित्रको प्रिमियर शो गरिएको छ भने चलचित्र हेर्न चलचित्र पत्रकार तथा चलचित्रकर्मिको बाक्लो उपस्थिति रहेको थियो । निःसन्तानका कारण पति र पत्नि बीचमा आउने असमझदारी, अविश्वास का साथै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा लाइ चलचित्रमा एक कलात्मक तरिकाले प्रस्तुत गरि तयार गरिएको यस चलचित्रलाइ हेर्ने जति सबैले राम्रो प्रतिक्रिया दिएका छन् ।

 

पत्रकार सुशिल पौडेलको लेखन ,  दिनेश राउतको निर्देशन रहेको यस चलचित्रमा बिपिन कार्की,नम्रता श्रेष्ठ र निश्चल बस्नेत,बसुन्धरा भुसाल,लोकनाथ सापकोटाको मुख्य भूमिका रहेको छ भने नायक बिपिन कार्की केहि समय अघि भएको दुर्घटनाको कारण स्वास्थ्य अबस्थाको कारण प्रिमियरमा उपस्थित भएका थिएनन । चलचित्रमा नम्रता र विपिन श्रीमान् श्रीमतीको भुमिकामा देखिएका छन्।  चलचित्र ‘प्रसाद’ मा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा सुबास थापाले निर्माण गरेको यस चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहेको छ भने चलचित्रलाइ राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाचौ सुन्दरादेबी संदेश म्युजिक अवार्ड थाईल्याण्डमा सम्पन्न

  • २२ श्रावण, २०७६

काठमाण्डौ  – ‘आफ्नै पन, आफ्नै शान, स्रस्टा सर्जकलाई सम्मान, नेपाली संगीतको बिकासमा हाम्रो बेग्लै हाम्रो योगदान’ भन्ने मूल नाराको साथ पाचौ

तेजस्वीद्वारा स्कुल डान्स च्यम्पियनशिपको ग्राण्ड फिनाले तथा विशिष्ट कलाकार सम्मान कार्यक्रम समापन

  • २१ श्रावण, २०७६

किर्तिपुर, काठमाण्डौ, साउन १९ (tejnepal.com) । यही शनिवार साउन १८ गतेका दिन किर्तिपुरमा एक भव्य समारोहका बिच तेजस्वी कला केन्द्र एण्ड मिडियाले स्कुल डान्स

पुजा साक्य र आशिष् बेलबासेले चुमे 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को उपाधि ।

  • २१ श्रावण, २०७६

फेसन फ्याक्ट्रीले आयोजना गरेको 'मिस्टर एन्ड मिस इन्टर कलेज 2019 'को ग्रान्ड फिनाले गत आईतबार राजधानीको जमल स्थित 'राष्ट्रिय नाचघर 'मा सम्पन्न भएको छ