कालिन्चोकमा प्रेमलिलाको ‘मिस गरे’

माघ २५ गतेलाइ  रिलिज मिति तय गरिएको चलचित्र  प्रेमलिला’ को दोश्रो गीतको  छायांकन सम्पन्न भएको छ । दोलखाको रमणीय स्थल  कालिन्चोकको आकर्षण  मौसममा खिचिएको छ । केहि हप्ता अघि मात्र चलचित्रको निर्माण टिमले पहिलो गीत स्वरुप हिन्दि भाषामा रहेको पहिलो गीत  ‘जाने क्या हुवा हे  ’  रिलिज गरेका छन  । छायांकन सकिएपछी केहि तस्बिर रिभिल भएको छ जहाँ चलचित्रको नायिका  दीपशिखा खड्का र डेब्यु नायक मौसम खड्का रोमान्टिक देखिएका छन् ।

 

हालै छायांकन सम्पन्न भएको 'मिस गरे मिस गरे' बोलको गीतमा गायक युवराज चौलागाई र मेलिना राइको स्वर रहेको छ भने गीतमा गीतकार डा.कृष्ण हरि बरालको शब्द रचना रहेको छ र गीतमा प्रख्यात संगीतकार हरी लम्सालले संगीत संयोजन गरेका छन् । नायिका दीपशिखाको प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘प्रेमलीला’ को केहि पोस्टरहरु सार्वजनिक भैसकेको छ भने चलचित्रमा  नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खान अनि साथमा मौसम खड्काको मुख्य भूमिका रहेको छ  ।  दुई देशको प्रेम सम्बन्धको कथालाई कलात्मक रुपले प्रस्तुत गरि निर्माण गरिएको यस चलचित्रलाइ नायिका दीपशिखाले नै निर्माण गरेका छन् भने केहि दिन अघि चलचित्र  ‘प्रेमलिला’मा पहिलो सार्वजनिक हिन्दि भाषाको  गीत ‘जाने क्या हुवा’ लाइ दर्शक माझ सार्वजनिक गरेको र केहि कारण बस उक्त गीतको भिडियोलाइ युत्युबबाट  हटाइएको कारण चलचित्र अझ चर्चा र बिबादमा रहेको  छ ।      

 

 

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको यस चलचित्रमा  नायिका  दीपशिखा खड्का , अलि खान  र मौसम खड्कासँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको यस चलचित्रमा नायिका खड्का कै कथा तथा लेखन रहेको छ । चलचित्रमा  महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने भएको छ ।

  • ११ चैत, २०७५

न्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको

नेपाल र जापानबीच श्रम सम्झौता,नेपाली कामदार जापान जान पाउने

  • ११ चैत, २०७५

काठमाडौं। नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच  

जन्मदिनमा एलिजा गौतमले गरिन धुर्मुस सुन्तली फाउण्डेशनलाइ १ लाख सहयोग

  • ११ चैत, २०७५

  धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा

ad