कालिन्चोकमा प्रेमलिलाको ‘मिस गरे’

माघ २५ गतेलाइ  रिलिज मिति तय गरिएको चलचित्र  प्रेमलिला’ को दोश्रो गीतको  छायांकन सम्पन्न भएको छ । दोलखाको रमणीय स्थल  कालिन्चोकको आकर्षण  मौसममा खिचिएको छ । केहि हप्ता अघि मात्र चलचित्रको निर्माण टिमले पहिलो गीत स्वरुप हिन्दि भाषामा रहेको पहिलो गीत  ‘जाने क्या हुवा हे  ’  रिलिज गरेका छन  । छायांकन सकिएपछी केहि तस्बिर रिभिल भएको छ जहाँ चलचित्रको नायिका  दीपशिखा खड्का र डेब्यु नायक मौसम खड्का रोमान्टिक देखिएका छन् ।

 

हालै छायांकन सम्पन्न भएको 'मिस गरे मिस गरे' बोलको गीतमा गायक युवराज चौलागाई र मेलिना राइको स्वर रहेको छ भने गीतमा गीतकार डा.कृष्ण हरि बरालको शब्द रचना रहेको छ र गीतमा प्रख्यात संगीतकार हरी लम्सालले संगीत संयोजन गरेका छन् । नायिका दीपशिखाको प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘प्रेमलीला’ को केहि पोस्टरहरु सार्वजनिक भैसकेको छ भने चलचित्रमा  नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खान अनि साथमा मौसम खड्काको मुख्य भूमिका रहेको छ  ।  दुई देशको प्रेम सम्बन्धको कथालाई कलात्मक रुपले प्रस्तुत गरि निर्माण गरिएको यस चलचित्रलाइ नायिका दीपशिखाले नै निर्माण गरेका छन् भने केहि दिन अघि चलचित्र  ‘प्रेमलिला’मा पहिलो सार्वजनिक हिन्दि भाषाको  गीत ‘जाने क्या हुवा’ लाइ दर्शक माझ सार्वजनिक गरेको र केहि कारण बस उक्त गीतको भिडियोलाइ युत्युबबाट  हटाइएको कारण चलचित्र अझ चर्चा र बिबादमा रहेको  छ ।      

 

 

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको यस चलचित्रमा  नायिका  दीपशिखा खड्का , अलि खान  र मौसम खड्कासँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको यस चलचित्रमा नायिका खड्का कै कथा तथा लेखन रहेको छ । चलचित्रमा  महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल-अमेरिका चलचित्र महोत्सवको आवेदन खुल्ला

  • २४ मङ्सिर, २०७६

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६देखि २८सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित

भुटानलाई हराउँदै नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको छ ।

  • २४ मङ्सिर, २०७६

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक

‘डबल सी’ प्रवर्धन गर्दै दया र वर्षा

  • २३ मङ्सिर, २०७६

नायक दयाहाङ राईले स्वास्थ्य रहन मानिस सजग रहनु पर्ने बताएका छन् । आफु पनि कामको व्यस्तताले दैनिकमा स्वास्थ्य रहन अपाउनु पर्ने केहि सजगता बाध्यताका