कलाकार अमित गिरि

कलाकार अमित गिरि

डेब्यु चलचित्र  ‘ द विनर   ’ पछि नेपाली ठुलोपर्दा अर्थात् नेपाली  सिनेमा छेत्रमा पाईला चालेका कलाकार तथा मोडल हुन् अमित गिरि ।  बिगत लामो समय देखि अस्ट्रेलियामा पढाईको सिलसिलामा बस्दै आईरहेका कलाकार अमित गिरि चलचित्र द विनर रिलिज भएदेखि नेपालमै परिवारसंगै बस्दै आईरहेका छन । चलचित्रमा छोटो अनी मिठो भूमिकामा देखा परेका कलाकार अमित गिरीले उक्त चलचित्रपछि कैयौ चलचित्रहरुमा काम गरिसकेका छन र केहि उनि अभिनित चलचित्र प्रदर्शनको तयारीमा समेत रहेको उनले बताउछन । 

 

वि.क २००० मा मिस्टर मिलिनियममा प्रतिस्प्रधी भई सफलता हासिल गरेका अमित गिरिको जीवनको कलाकारिता र मोडलिंग यात्राकै पहिलो कामको रुपमा चर्चित अनि सफल गायक आनन्द कार्कीको गीत  ‘फेरी तिम्रो याद आयो ’ मा उनले अभिनय तथा डेब्यु गरेको हो  । सोहि डेब्यु म्युजिक भिडियो मार्फत नै अभिनयमा अझ रुचि बढेको र सोहि म्युजिक भिडियो मार्फतनै धेरै प्रसंशा र हौसला पाएका हुन् ।  त्यसपछि उनले कैयौ टेलिसिरियल अनि कैयौ बिज्ञापनहरुमा समेत पनि अभिनय गरिसकेका छन  । 

 

एक मोडलमा हुनु पर्ने सम्पूर्ण गुण हुदा हुदा पनि उनले भबिस्य र बर्तमान दुबैलाई आफ्नो जीवन मान्दै उनि पढाईको सिलसिलामा अस्ट्रेलिया पुगे र उनले अस्ट्रेलिया बसाईसंगै आफ्नो स्कुलेसाथि महेशमान श्रेष्ठलाइ भेटेको अनि उनि डेब्यु ठुलोपर्दाको सिनेमा चलचित्र द विनरमा अभिनय गरेका हुन् ।  चलचित्रले नेअप्लि सिनेमा जगतमा राम्रै प्रतिक्रिया बटुले भने कलाकार अमित गिरिले भने सोहि चलचित्रको अभिनय पश्यात  नेपाली  स्टार भुवन केसीको चलचित्र क्री , कप्स,जय शम्भु ,प्रेमबानिमा समेत अभिनय गर्न मौका पाएको खुसि हुनले ब्यक्त गर्छन । उनि अभिनित केहि चलचित्र रिलिज भैसकेको छ भने केहि चलचित्र रिलिजको तयारीमा रहेको छ ।  आफ्नो प्रस्तुतिमार्फत चर्चा र हौसला बटुली रहेका कलाकार अमित गिरि प्राय चलचित्रहरुमा भिलेन अर्थात् मुख्य अभिनेताको बिपरित रोलमा देखिन्छ ।  चलचित्र  द विनर रिलिज पश्यात कलाकर अमित गिरि नेपाली हट अनि सुन्दरी गायिका जो अस्ट्रेलियामा बसेपनि नेपाली कला सस्कृति अनि नेपाली पहिचानलाइ सदैब सम्मान गर्ने अनि आफुलाई नेपाली भै चिनाउन आतुर गायिका स्मृति पोखरेलको पछिल्लो २०१६ मा रिलिज गीत मार्योनि लौ मा अभिनय समेत गरेका गरे ।  

 

 

प्राय नेगेटिभ रोलमै मात्र देखिने अमित गिरिलाई अहिले नेपालमा चलिरहेका अनि नेपाली स्टार हिरो मानिएका नायक प्रदिप खडका र अनमोल केसीमा को मन पर्छ भन्ने प्रश्न गर्दा उनले अनमोल केसी मन पर्छ र साथै अभिनयकै कुरा गर्ने हो भन्दा उनलाई अनुप बिक्रम शाही पनि मन परेको बताउछन र नेपाली नायिकामा सम्राज्ञी र पुजा मा कोहि एक रोज्दा उनले पुजा शर्मा अझ बेटर लागेको बताए ।  यस्तै कुराकानीकै अन्तमा प्राय गरिने प्रश्न अर्थात् भबिष्यमा के गर्ने सोच रहेको छ भन्ने प्रश्नमा सायद अमित गिरिनै त्यो पहिलो कलाकार पाए मैले जसले सहजै तरिकाले भबिस्यमा आफुलाई बुझ्ने,परिवार सम्हाल्ने र आफुलाई माया गर्ने केटि पाए बिबाह गर्ने योजन सुनाए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक / नव मोडल दिपेन्द्र सोनाम

  • २७ बैशाख, २०७६

सांगीतिक तथा मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, संगीत, अभिनय र नृत्य

नव मोडल मदन घर्ति

  • ५ बैशाख, २०७६

पछिल्लो समय अभिनय तथा कलाकारिता क्षेत्रमा निकै व्यक्तिहरुको रुचि बढ़दै गईरहेको छ । सामान्यतया पढाई संगसंगै खेल,शिप अनि अनि विभिन्न क्षेत्रमा विभिन्न

लोक गायिका लक्ष्मी तामाङ

  • ५ चैत, २०७५

लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन