चलचित्र ‘साईली’ को गीत ‘नाच माया ’ रिलिज ...( भिडियो सहित )

 


सर्वाधिक चर्चित अनि हिटगीत सुन साईलीको अपार सफलतापछि चलचित्र निर्माण घोषणा गरिएको साईली चलचित्रको पहिलो गीत नाच माया रिलिज भएको छ । गायक हेमन्त रानाको एकल गायनमा रहेको उक्त गीतले बजारमा निकै चर्चा ,परिचर्चा र सफलता हासिल गर्यो र सोहि गीतको एक टुक्रा शब्दलाइ छानी चलचित्र निर्माणको घोषणा पनि गरिएको हो  ।

केहि हप्ता अघि मात्र चलचित्रको केहि पोस्टर सार्वजनिक गरिएको थियो भने अहिले चलचित्रको गीत रिलिज गरिएको छ  । चलचित्रको यस गीतमा गायक हेमन्त रानाकै गायन रहेको छ भने गीतमा हारक साउदको शब्द रचना अनि सुशान्त गौतमको संगीत सिर्जना रहेको छ र गीतको संगीतलाई रिकेश गुरुंगले एरेन्ज गरेका हुन्  ।

 

रामबाबु गुरुङ्ग्को लेखन तथा निर्देशन रहेको यस चलचित्रमा सुन साईली गीतका कलाकार गौरब पहरी र मेनुका प्रधानको अभिनय रहेको छ भने यी दुइको साथै चलचित्र र यस गीतमा कलाकार दयाहंग राई पनि देखिएको छ  । निमेष श्रेष्ठ र किरण चामलिंग राईको सम्पादन रहेको यस चलचित्रमा विक्रम स्वारको कोरियोग्राफी अनि सैलेन्द्र डि कार्कीको छायांकन रहेको छ  ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साम्राज्ञी पुष्पबिना बाच्न नसक्ने,मारुनी गीत रिलिज... (भिडियो सहित)

  • ४ श्रावण, २०७६

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक  पुष्प खड्का अभिनित चलचित्र " मारुनी " को दोश्रो गीत ‘सक्दिन म बाच्न’ गीत सार्वजनिक भएको छ ।  मेलिना

एक्सन अवतारमा सुमी ,'सरौतो' टिजर रिलिज... (भिडियो सहित )

  • ४ श्रावण, २०७६

विर्जना इन्टरटेनमेन्टको व्यानरमा निर्माण तथा छायाँकार हरि हुमागाईंको  डेब्यु निर्देशन रहेको चलचित्र ‘सरौतो’को टिजर सार्वजनिक गरिएको छ

चलचित्र ‘एकलब्य’को दोश्रो गीत 'मलाई बनायौ किन' रिलिज... (भिडियो सहित )

  • ४ श्रावण, २०७६

यही १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलब्य’को दोश्रो गीत मलाई बनायौ किन...को भिडियो बिहिबार रिलिज गरिएको छ । अघिल्लो गीत ‘पूर्वै