गायक प्रविन श्रेष्ठ

गायक प्रविन श्रेष्ठ

मानिस भित्र अनेकौ चाहना र ईच्छाहरु हुन्छन  । बिना चाहना र ईच्छाको कोहि पनि हुदैन तर फरक यति हुन्छ कि प्राय सबैले आफ्नो चाहनालाइ परिपूर्ति र प्रस्तुत गर्न सक्दैन  । यस्तै जन्मिसके पछिको बाच्नु र जिन्दगि जिउनुको अर्को उदेश्य भनेकोइ सुखी खुसि अनि सपना साकार पर्नु हो  ।

यस्तै हिजो आज त् गीत ,संगीत अनि अभिनय  सबैको चाहाना अनि सपना खोज्ने थलो जस्तै भएको छ । प्राय युवापुस्तालाई यस क्षेत्रले निकै नै आकर्षण गरेको छ । यस्तै आज हामी कुरा गर्दैछौ गायक तथा मोडल प्रबिन श्रेष्ठको । काठमाडौंको दक्षिण दिशा तर्फ पर्ने फर्पिङमा एक नेवारी परिवारमा जन्मेका प्रबिन श्रेष्ठ केही समय यता आफ्नो जिन्दगि अनि परिवारको खुसीको जिन्दगीको लागि आफ्नो जन्मथलो बाहिर र आफ्नो परिवार  बाट टाढा कोरियामा बस्दै आईरहेका छन । रुप,बोली अनि ब्याबहारमा समेत निकै सरल रहेका प्रबिन श्रेष्ठले  सानै उमेर देखि गीत र संगीतमा रुचि रहेको बताउछन । स्कुल जिवनमा हुँदै उनले स्कुलमा भईरहेको हरेक कार्यक्रममा गीत गाउने प्रबिनले बास्तबमै गीतमा रुचि राखी चर्चित गायक बिमल गुरुङ संग गीत अनि संगीतको ज्ञान लिन थाले र गायक गुरुङकै सहयोगमा उनले गीत गाउन अनि गितार बजाउन जाने र हाल उनी आफ्नो जन्मभुमि बाहिर रहदा पनि समयलाइ उचित ठाँउ र स्थानमा प्रयोग गरेर पनि आफ्नो रुचि र सपना परिपुर्तिको लागि समयको बचत गरि कोरियामा पनि अझ संगीत सम्बन्धि ज्ञान लिईरहेको उनले जानकारी दिएका छन ।

                                                                  

गीत गाउनु अनि संगीत संयोजन संगै मोड्लिङ तर्फ पनि उनको ध्यानाकर्षण भएको छ । गीत गायनतर्फ उनी लाग्दा उनले गायक तथा संगीतकार देब स्याङ्ताङलाई भेटाए र उनको सुझाव अनुसार उनले मोडल बन्ने रहर र सपना तर्फपनि आफुलाई अघि  बढाउने तिर सोच्दै उनले आफ्नो बाल्यकालदेखि को गीत,संगीत प्रतिको रुचिलाई पूरा गरे र सिकाई अनि ज्ञान प्राप्तको लामो समयपछि उनले एउटा गीत रेकर्ड गरि त्यस्को म्युजिक भिडियो समेत दर्शकमाझ लिएर आए ।बिगत १ बर्ष अघि गायक प्रविनले आफ्नो मिठास आवाजमा भरिएको पहिलो गीत र उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरे  । पुर्व जानु कोशी है तरेर बोलको गीतमा आफ्नो आवाज भर्दै नायिका अनु शाह संग आफु पनि डेब्यु गरि मोडल र गायक हुने सपना त् पुरा गरे गरे तर सोचे भन्दा सफलता नपाएको उनको भनाई रहेको छ  । सार्वजनिक गरिएको उक्त पहिलो गीतमा चर्चित गायक तथा संगीतकार अनि गीतकार जितेन लेप्चाको शब्द रचना अनि संगीत रहेको छ  । 

                                                              

सोचे जस्तो सफलता हासिल नगरे पनि पहिलो गीतलाई नै आफ्नो शुरुवाती र सिकाईको पहिलो मार्गदर्शनको रुपमा लिदै मेहनत र लगावका साथ यहि बर्षको दशैँ बेला मा संगीतकार र गायक देब स्याङ्ताङ र नव र्यापर गोबिन्द गुरुङसंगको सहकार्यमा दोश्रो गीत न खोज मलाई बोलको गेटको म्युजिक भिडियो पनि सार्वजनिक गरे । हाल कोरियामा काम र पढाइ अनि संगीत सिकाइको कारण आफुले चाहे जस्तो सफलता प्राप्त गर्न नसकेकोमा उनि निकै दुख समेत ब्यक्त गर्छन ।  आउदो केहि महिनामा अब नेपाल आउने र पुन तेश्रो गीतको रुपमा अलिक फरक शैलीको प्रेम भाव गीत समेत दर्शक र आफ्नो शुभचिन्तक माझ राख्ने उनले आफ्नो योजना समेत बताउछन ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लोक गायिका लक्ष्मी तामाङ

  • ५ चैत, २०७५

लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन

गायक कमल रसाईली

  • २९ पौष, २०७५

पुर्ब झापाको मेचीनगरको सिर्जना चोकमा जन्मेका एक युवा गायक हुन् कमल रसाईली ।  सानै उमेर देखि गीत संगीत अनि गायनमा रुचि भएका होला अहिले जता ततै अनि

नव नायिका निरिशा बस्नेत

  • २५ पौष, २०७५

करिब ४ वर्ष अघि सौदर्यताको प्रतिस्प्रधी अर्थात बिउटीप्याजेन्टको  बिजेताको उपाधि जित्दै  हाल काठमाडौँको सिनामंगलमा बन्दै आईरहेकी निकै चर्चित

ad