फेसियल हाउसको ११ औँ वार्षिकोत्सव सम्पन्न

 काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी फेसियल हाउसले आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको छ । काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, मोडल दिक्पाल कार्की, गायक युवराज चौलागाँई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । वार्षिकोत्सव कार्यक्रममा गायक टिका बम्जन, उत्तम थापा लगायतले गीत प्रस्तुत गरेका थिए भने टिम इन्टरटेन्मेन्टको नृत्यले सबैलाई मनोरञ्जन दिलाएको थियो । चर्चित मेकअप आर्टिस्ट चन्द्र गुरुङको टिमको मारुनी नृत्य र फिटनेस सेन्टर जेनएक्सबाट रुक्साना लगायतको प्रस्तुति आकर्षणको केन्द्रविन्दु बनेको थियो । चर्चित कलाकार निरु खड्का ‘ठ्यासकुमारी’को कमेडी प्रस्तुती दर्शकमाझ प्रिय बन्यो ।

फेसियल हाउसले आफ्नो कर्मचारीको कामको कदर गर्दै हरेक वर्ष ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ पनि प्रदान गर्दै आएको छ । यस वर्ष पनि फेसियल हाउसको ६ वटा ब्रान्चमा रहेका कर्मचारी मध्य १० जनालाई ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ प्रदान गरिएको थियो । फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीको अवार्ड सोनु कुमार शर्माले पाए । त्यस्तै अन्य कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई गेस्ट अफ अनरको सम्मान प्रदान गरिएको थियो । स्थापनाको छोटो समयमै आफ्नो छुट्टै ब्रान्डको रुपमा चिनिन सफल यस फेसियल हाउसले काठमाण्डौको विभिन्न स्थान लगायत पोखरा र इटहरीमा समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । सेवाग्राही मात्र नभएर यहाँबाट ब्युटिसियन कोर्स लिएका थुप्रै विद्यार्थीहरु आज आत्मनिर्भर बन्न सफल भएका छन् । कार्यक्रममा बोल्दै फेसियल हाउसकी सञ्चालक सुष्मा महरा शाहले फेसियल हाउसलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न

  • ९ असार, २०७६

चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न भब्यताको साथ् सम्पन्न भएको छ । चलचित्र निर्देशक समाज

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष गीत पुरस्कार

  • ९ असार, २०७६

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न कार्यक्रममा गीतकार डा. डीआर उपाध्यायलाई

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

  • ९ असार, २०७६

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भएको छ ।  यो वर्षको राष्ट्रिय स्रष्टा