क्रियटिभ इन्साइट मिडिया प्रा.लि.ले फेस अफ द नेसन २०१९ को सौन्दर्य प्रतियोगिताको ओरेण्टेशन क्लास सम्पन्न

नेपालमानै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रा.लि.ले फेस अफ द नेसन २०१९ (राष्ट्रका अनुहार) प्रतियोगिताको आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको ओरेण्टेशन क्लास भब्यताको साथ सम्पन्न भएको छ । फेस अफ द नेसन २०१९ (मेल एण्ड फिमेल) को ओरेण्टेसन क्लासमा इभेन्ट निर्देशक सिर्जना महतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा समाजसेवी प्रकाशकुमार श्रेष्ठ अतिथिहरु नायिका सुभेक्षा थापा, अभिनेत्री कबिता शर्मा, जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठी, चलचित्र निर्देशक मुस्कान ढकाल, गायक भरत समारी, साहित्यकार अंचल बान्तवा, बहुप्रतिभाका धनि बासुदेब खनाल, कोरियोग्राफर मोडल संजय राजबिक्रम, मोडल ज्योति प्रसाईलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त अबसरमा उपस्थित अतिथिहरुले आफ्नो आफ्नो अनुभब तथा चलचित्र, मोडलिङको बारेमा प्रतिस्प्रधीहरु सँग अनुभब साटासाट गरेका थिए ।

 

सयौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्बाह गरेर सौन्दर्य प्रतियोगितामा लामो अनुभब बटुली सकेका सञ्चारकर्मी, कलाकार तथा क्रियटिभ इन्साइट मिडिया प्रा.लि.का अधक्ष्य सुर्य चन्दको आयोजनामा हुन लागेको यस प्रतियोगितमा मोडल तथा नर्सिङ डाइरेक्टर सिर्जना महत कार्यक्रम निर्देशक रहेकी छिन । भबिष्यमा नेपाल बाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिस्प्रधाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गर्न लागिएको क्रियटिभ इन्साइट मिडिया प्रा.लि.का अधक्ष्य सुर्य चन्द बताउछन ।

 

क्रियटिभ इन्साइट मिडिया प्रा.लि.ले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक युवा तथा युवती प्रतियोगिहरुले क्रियटिभ इन्साइट मिडिया प्रा.लि.को कार्यालयबाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्मका तथा बिबाहित अबिबाहित दुबै युवा युवती प्रतियोगिहरुले भाग लिन पाउनेछन । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । साथै बिजेतालाई रु २५ हजार नगद सहित आकर्षक अन्य पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ करिब एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक सस्थाले गराएको छ । इच्छुक प्रतियोगीहरुको लागि सम्पर्क: क्रियटीभ इन्साइट मिडिया प्रा.लि. यति प्लाजा बागबजार छैठौ तला (पिके क्याम्पस अगाडी) मोबाइल :९८५१०४३९३२, फेसबुक लिंक रहेको https://www.facebook.com/faceofthenationnepal छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न

  • ९ असार, २०७६

चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न भब्यताको साथ् सम्पन्न भएको छ । चलचित्र निर्देशक समाज

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष गीत पुरस्कार

  • ९ असार, २०७६

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न कार्यक्रममा गीतकार डा. डीआर उपाध्यायलाई

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

  • ९ असार, २०७६

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भएको छ ।  यो वर्षको राष्ट्रिय स्रष्टा