नव गायिका प्रज्ञा लामा

नव गायिका प्रज्ञा लामा

जय गीत ,जय संगीत भन्ने उखानलाइ निकै मन र आत्माले सम्मान गर्ने गायिकामा एक हुन् नव गायिका प्रज्ञा लामा  । पारिवारमा प्राय सबै सदस्य संगीत प्रेमी अनि संगीत पारखी भएका कारणले पनि होला आउने हरेक कोहिले पनि परिवारको आधारलाइ एक सस्कृतिको रुपमा सम्मान अनि निरन्तरता दिने गर्दछ तर गायिका प्रज्ञा लामा भने अहिले सम्मकै अध्यनमा फेला परेको पहिलो रहर अनि ईच्छाले भरिपूर्ण एक व्यक्ति हुन् र यतिले मात्र गायिका प्रज्ञाको परिचय अनि जीवनी र भबिष्य प्रतिको विचार र उदेश्य खुल्दैन । 

एक संगीत पारखी परिवारमा जन्मेकी प्रज्ञाको पहिलो परिचय त् उनि एक आफ्नो ईच्छ र उदेश्यमा अडिग व्यक्ति हुन् र जिद्दी पनि । आफ्नो रहर र रुचिलाई परिपूर्ति गर्दै बढ्दो जीवन संगै आईपर्ने आफ्नो हरेक रहरको परिपूर्तिमा लागिपर्ने व्यक्ति हुन् गायिका प्रज्ञा । पारिवारिक संगीत प्रेमी अनि प्रज्ञामा जीवन कै पहिलो रहर मोडल बन्ने । करिश्मा मानन्धरको हरेक सानो सानो क्रियाकलाप अनि कलालाइ सम्मपन र मन पराउने प्रज्ञा पहिलो जीवनको पहिलो रुचिको लिस्टमा मोडल र कलाकारिता बताउछिन । मोडल अनि कलाकारिताको शिलशिलामा रहदै प्रज्ञा मेघा मोडलको सेकेन्ड सिजनमा काठमाडौबाट आजभन्दा ७ वर्ष अगाडि छनौट भएर टप ३० मा पुगेर बाहिरीएका पनि थिए । त्यो हारलाइ प्रतिस्प्रधी जीवनको पहिलो अध्यनको रुपमा लिदै सानै देखि देखेको मोडल हुने सपना मेघा मोडल रप ३० ले पूरा गरेको बताउछिन  ।साथै मिस मङगोलमा पनि भाग लिने क्रममा अडिसनको क्रमबाट नै असफल भएपनि उनले प्रतिस्पर्धाको अनुभव बटुल्ने मौका पाएको बताउँछिन् र यहि प्रतिस्प्रधी अनि कलाकारितामा आफ्नो भबिष्य देख्ने प्रज्ञाले जीवनको पहिलो अभिनयको रुपमा चर्चित कलाकार मिथिला शर्मा अभिनित तीज गीतमा मिथिला शर्माको छोरीको रुपमा भिडियोमा आएको बताउछिन ।

साथै स्कुले जीवनमा नृत्य तथा मोडलिङमा अत्यन्तै लगाव रहेको बताउने प्रज्ञा बास्तबिक अध्यन छेत्रमा भने  होटल मेनेजमेन्टका विधार्थी हुन् । फरक फरक रुचि अनि हरेक कुराल्लाई एउटा अध्यनको रुपमा अंगाल्न आतुर प्रज्ञा अधयंकै शिलशिलामा होटेल मेनेजमेन्टकोट्रेनिङका लागि बहराईनमा  ६ महिना वेटरको काम समेत गर्दाको अनुभव र ६ महिना गार्डको काम गर्दाको फरक अनुभव फरक पेशामा फरक अनुभवहरुलाइ  जिवनको अविस्मरणिय क्षण रहेको बताउँछिन ।यस्तै जीवन अनि शरीर जीवित रहुन्जेल मानिसमा हुने रहर र रुचिको आगमन र परिपुर्तिकै शिलशिला केहि समय यता आफुमा गायिका बन्ने रुचिले आफुलाई अगाडी बढाई रहेको प्रज्ञाले आफ्नो जीवनकै पहिलो गीतको रुपमा केहि महिना अघि हाम्रो सानो घर बोलको गीत सार्वजनिक गरिन र आफ्नो मोडल हुने रहरलाइ पनि उनले चित्त बुझ्दो तरिकाले आफ्नै एकल गायनमा रहेको गीतको म्युजिक भिडियोमा देखा परेको उनको भनाई रहेको छ ।

अहिलेकी चर्चित अनि सफल गायिका  अन्जु पन्तको गायकी अनि गीत सुनेर गाउने प्रेरणा मिलेको बताउने प्रज्ञा लामा साङ्गितिक क्षेत्रमा आफ्नो बाबा (प्रसिद्ध बासुरी बाधक पन्चवीर लामा) लाई आइडल मान्दछिन् । हजुरआमाले  मुर्चुङ्गा र काकाले  तबला बजाउने  भएकोले पनि होला कैयौ रहर र रुचिलाई अंगाल्दै अनि पन्छाउदै पनि म अहिले आएर संगीत र गीत प्रेमी भएको होला भन्ने उनको भनाइ रहेको छ र संगीत पारखी परिवारमा जन्मिएकी कारणले पनि उनि यतिबेला बाबा र परीवारको नामले भन्दा पनि आफ्नो नामले चिनिन मन पराउँछिन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक कमल रसाईली

  • २९ पौष, २०७५

पुर्ब झापाको मेचीनगरको सिर्जना चोकमा जन्मेका एक युवा गायक हुन् कमल रसाईली ।  सानै उमेर देखि गीत संगीत अनि गायनमा रुचि भएका होला अहिले जता ततै अनि

नव नायिका निरिशा बस्नेत

  • २५ पौष, २०७५

करिब ४ वर्ष अघि सौदर्यताको प्रतिस्प्रधी अर्थात बिउटीप्याजेन्टको  बिजेताको उपाधि जित्दै  हाल काठमाडौँको सिनामंगलमा बन्दै आईरहेकी निकै चर्चित

गायक सन्जिव पुडासैनी

  • १८ पौष, २०७५

बाच्नुको अर्थ नै गीत अनि सङीत । गीत र सङीतमै आफ्नो भबिश्य अनि जिन्दगीको अर्थ खोज्ने गायक मध्य एक हुन गायक सन्जिव पुडासैनी । मोरङ बिराटनगरको