चलचित्र ‘वीर विक्रम २’ को पहिलो गीत ‘ पिरतीको मिठो तिर्सना ’ रिलिज ...( भिडियो सहित )

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको  ब्यानरमा निर्माण चलचित्र ‘वीर विक्रम २’ को पहिलो गीत ‘ पिरतीको मिठो तिर्सना ’ रिलिज भएको छ । केहि हप्ता अघि मात्र छायांकनका केहि पोस्टरहरु सार्वजनिक भए संगै चर्चामा रहेको यस गीत बास्तबमै निकै रमाइलो अनि आकर्षण बनेको छ  । चलचित्रको यस गीत पहिलाको निकै चर्चित गीतलाइ रिमेक गरि गायिएको छ भने अहिलेको यस चलचित्रको भिडियोमा नायक नजिर हुसेन,पल शाह र नायिका वर्षा सिवाकोटीको केमेस्ट्री  निकै  उत्कृस्ट देखिएको छ ।

 

मिलन  चाम्सले निर्माण तथा निर्देशन गरेको यस चलचित्रको गीतमा गायिका मेलिना राई र गायक तथा  संगीतकार तारा प्रकाश लिम्बुको आवाज रहेको छ भने यस गीतको बास्तबिक गायक गायिका भने इन्द्रजित मिजार र भारती घिमिरेको रहेको छ । गीतको शब्द रचनामा कुसुम गजमेर ,तुलसी घिमिरेको रहेको छ भने संगीत रन्जीत गजमेरको रहेको छ ।  मनाङ र मुस्ताङको रमणीय स्थलहरुमा छायांकन गरि तयार गरिएको यस गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने भिडियो छायांकनमा सुदिप बराल,सम्पादनमा बनिश शाह र निर्देशनमा मिलन चाम्स स्वयम् रहेको छ  । 

 

सफल चलचित्र बिर बिक्रम पछि तयार हुदै गरेको चलचित्र बिर बिक्रम २ मा नाजिर हुसेन,पल शाह र वर्षा सिवाकोटीको साथै विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकारमा  मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन  रहेको छ । यस चलचित्रमा अर्पण  सापकोटा सह निर्माताको रुपमा रहेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक...(भिडियो सहित )

  • ११ चैत, २०७५

सलिनमान बानिया र सलोन बस्नेत स्टारर सांगीतिक प्रेमकथामा आधारित चलचित्र  ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार

पल र आचलको ‘काफलको दाना’ सार्वजनिक... (भिडियो सहित )

  • १० चैत, २०७५

गायक हिमाल सागरको गायन रहेको नया गीत  ‘काफलको दाना’ को  म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायक पल शाह र नायिका आचल शर्माको अभिनय रहेको यस गीतमा

चर्चामा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको गीत " जे जे पर्छ पर्छ " ...(भिडियो सहित )

  • १० चैत, २०७५

 संचारकर्मी तथा गायक कृष्ण पाण्डे र गायिका देविका थपलियाको आवाज रहेको  " जे जे पर्छ पर्छ " को म्युजिक भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक यस

ad