चलचित्र “भो माया लाउँदिन” निर्माण हुने भएको छ ।

मनसुधा मिडियाको दोस्रो प्रस्तुती चलचित्र “भो माया लाउँदिन” निर्माण हुने भएको छ । लामो समय देखी चलचित्र निर्माण गर्ने र तेरियालाई समेत चलचित्रमा खेलाउने भन्दै गरेका म्याक्टेन कालुले तेरियालाई चलचित्रमा अनुबन्धित गराउन नसके पछि अन्तत नाम नै परिबर्तन गरेर चलचित्र निर्माण गर्न लागेका हुन् । लभस्टोरी जनराको यस चलचित्रमा ढुण्डीराज कोइराला र म्याक्टेन कालुको संयुक्त लेखन रहने छ ।

 

चाडै नै फ्लोरमा जाने चलचित्रमा संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गर्ने निर्माता म्याक्टेनले इन्द्रेणी खबरलाई बताएका छन् । लामो समय अघिदेखि चलचित्र निर्माण गर्ने योजना बनाएका र डान्सर तेरिया मगरलाई समेत चलचित्रमा डेब्यु गराउने बताएका म्याक्टेनले विविध कारणले उनलाई समेट्न नसकेपनि अन्ततः नामै परिवर्तन गरि चलचित्र बनाएरै छाड्ने भएका छन् । यसभन्दा अगाडी चलचित्र “पटुकी” निर्माण गरिसकेका कालु आफूपनि कुशल अभिनयकर्ता तथा गीतकार समेत हुन् । म्याक्टेनकै निर्देशन र लेखनमा बन्न लागेको चलचित्रमा मुख्य भूमिकामा प्रायः नव कलाकारहरुलाई देख्न सकिने म्याक्टेनले बताएको छ ।

 

टिनएजर्सहरुको माया प्रेमको उतारचढाव समेटिएको चलचित्रमा कालुले आफ्नै सुपुत्र बिर्जन मिजारलाइ लिड हिरोको रुपमा डेब्यु गराउदै छन् । यस अघि विभिन्न चलचित्रमा बालकलाकारको भूमिका निर्बाह गरिसकेका बिर्जनको यसमा लिड हिरो भई हिरोइन संग रोमान्स गर्दै छन् । साथै लामो समयदेखि मोडलिङमा छेत्रमा सक्रिय अभि शर्मा पनि यस चलचित्र बाट डेब्यु गर्दैछन र  यसै चलचित्रबाट दुइ नव नायिका लक्ष्मी शाही र प्रमिला बि.सिले पनि डेब्यु गर्दैछिन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘गरुड पुराण’लाई पिजी सर्टिफिकेट

  • २ माघ, २०७५

चलचित्र ‘गरुड पुराण’ लाइ सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । पिजी सर्टिफिकेटका कारण यस चलचित्र  हेर्न १६ बर्षमुनीका दर्शकले अभिभावकको साथ

लोकप्रिय गायिका शान्ति श्री परियार दुर्घटनाको सिकार

  • २ माघ, २०७५

लोकप्रिय गायिका शान्ति श्री परियार हिजो दुर्घटनामा परेकी छन् । सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रमको लागि फर्कँदै

आयुश्मान र शिल्पाको ‘सानो मन’ निर्माण घोषणा

  • २ माघ, २०७५

आयुश्मान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहने चलचित्र `सानो मन  ´  को हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी  निर्माण घोषणा गरिएको